झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ माघ । सरकारले समयमा कार्यविधि निर्माण नगर्दा करोडौँ रुपैयाँ खर्चेर देशका विभिन्न ठाउँमा निर्माण गरेका सभा हल र भ्यूटावरहरू अलपत्र परेका छन् । राज्यकोषको ठुलो रकम सभा हल र भ्यूटावर निर्माणमा खर्च भए पनि सञ्चालन र व्यवस्थापन कार्यविधि अभावमा प्रयोगमा आउन सकेका छैनन् । एक अर्ब ११ करोड रुपैयाँ खर्चेर बनाइएको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यसको एउटा उदाहरण हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौमा उक्त सभा हल उद्घाटन गरेका थिए । उद्घाटन भएको ६ महिनामा एकपटक मात्र उक्त सभा हल प्रयोगमा आएको छ । कार्यविधि अभावमा सभा हल भाडामा लगाउन सकिएको छैन । व्यवस्थापन खर्च भने…

Read More

ओखलढुंगा, ६ माघ । ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढी गाउँपालिकामा रहेका ११ वटा बाख्रापालक किसान समूहमा समृद्धिले काम गरिरहेको छ । सबै समूहमा किसान र व्यापारीबीच सम्बन्ध विकास गरेर बजार जोड्ने काम भइरहेको समृद्धि आयोजनाका आपूर्ति श्रृंखला सुपरीवेक्षक नवराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रमको प्रभावका कारण ओखलढुंगा सदरमुकाम र काठमाडौँमा कारोबार गर्ने जिल्लाका मुख्य व्यापारीसँग किसान समूहले सोझै पहुँच राख्न थालेका छन् । समृद्धि आयोजनाले किसान समूहलाई बजारसँग जोड्न…

Read More

अभिनेता अनमोल केसी फिल्म ‘एक्स नाइन . लेभल वान’बाट बाहिरिएका छन् । उनले निर्धारित समयमा छायांकन सुरु हुन नसकेका कारण आफूले फिल्म गर्न नसक्ने बताए । उनले फिल्मको ‘साइनिङ अमाउन्ट’ (पेश्की रकम) पनि फिर्ता गरेका छन् । ‘उहाँहरु २०२१ को अक्टोबरमै सुटिङमा जानुपर्ने थियो । अहिलेसम्म पनि छायांकन सुरु गर्न सक्नुभएन । मैले अन्य प्रोजेक्टहरु पनि गर्नुपर्ने हुन्छ । यही कारण मैले उक्त फिल्म छाडेको छु,’ अनमोलले भने, ‘सम्झौता त एक वर्षअघि नै सकिएको थियो । सुटिङ पनि सरेको सर्‍यै भयो । फेरि पनि जाने सम्भावना देखिएन ।’ आर्थिक अभावको कारण छायांकन सुरु हुन ढिलाइ भएको जानकारी निर्माताले आफूलाई गराएको…

Read More

काठमाडौं, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृत्रिम रुपले तनावग्रस्त बनाएको बताएका छन् । एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताए । ‘हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो’ उनले भने, ‘कसैका निम्ति काम गर्ने, कसैलाई प्रोभोक गर्ने गैरजिम्मेवार प्रवृत्तिहरु देखा परे ।’ राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगाँठ गर्ने काम गरेको उनको आरोप छ । नयाँ सरकारले आन्तरिक अवस्था र नीति अनुकूल बाह्य सम्बन्ध अगाडि…

Read More

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा बहुमतका नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यसा.विषयमा छलफल सुरू भएको छ। तपाईहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’ भेटमा नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद…

Read More

काठमाडौं, ६ माघ । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन् शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताए । उनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम…

Read More

बिराटनगर, ६ माघ । झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका–६ लमजुङ घर भई काठमाण्डौ महानगरपालिका–५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् । गुरुङलाई हिजो साँझ ७ बजे झापाको भद्रपुर एयरपोर्टबाट काठमाण्डौ जान लागेको अबस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर १२ ग्राम फेला पारी नियन्त्रणमा लिईएको हो । उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ । यसै गरी रेवन बराईलीको हिजो अपरान्ह ४ बजे जिल्ला प्रहरी…

Read More

बिर्तामोड, ५ माघ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १का ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक सत् मिलन तथा सम्मान कार्यक्रमको आयोजना गर्दे आज ४० जना ज्येष्ठ नागरिकलाइ सम्मान गरेको हो । सम्मानित हुने जेष्ठ नागरिकलाई गाम्छा सहित नगद र फलफुल प्रदान गरिएको थियो । ३२ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरीएको सामाजिक विकास शाखाका अधिकृत डिल्ली दाहालले जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १का कार्यवहाक वडाअध्यक्ष योगचन्द्र आङ्बोहाङ्गले जेष्ठ नागरिकहरुलाई यस वर्ष पनि भ्रमणको आयोजना गरीएको बताउनु भयो । उहाँले…

Read More

शनिश्चरे, ५ माघ । अर्जुनधारा प्रेस क्लब झापाको कार्यालय भवन निर्माण गर्नका लागि समिति गठन भएको छ । क्लबका अध्यक्ष रमेश समदर्शीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति बनेको हो । क्लबको आज बसेको बैठकले समितिमा निवर्तमान अध्यक्ष कुमार भट्टराई, सल्लाहकार दिपिन राई, उपाध्यक्ष प्रेम आचार्य, सचिव नरेश खाती, कोषाध्यक्ष पुष्पा जवेगु र सदस्य मनिता योञ्जन सदस्य रहेका छन् । समितिले अर्जुनधारा ८ मा क्लबको कार्यालय भवन निर्माणका लागि काम गर्ने बताइएको छ । कार्यालय भवन निर्माणका लागि दाताबाट ९.५ धुर जग्गा प्राप्ति भइसकेको छ । बैठकले स्थानीय सरकार र प्रदेश सरकारलाई भवन निर्माणमा सहयोगका लागि प्रस्तावसहित अनुरोध गर्ने निर्ण पनि…

Read More

सन्तोष शर्माझापा, ५ माघ । झापामा यस वर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गत वर्ष झापामा १५ हजार ७८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यस वर्ष १५ हजार ९८५ हेक्टरमा आलु खेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट गत वर्ष झापामा दुई लाख ५७ हजार २२४ टन आलु उत्पादन भएको थियो । जिल्लामा कार्डिनल, जनकदेव, कुफ्री लगायत जातका आलुखेती बढी हुने गरेको प्रमुख विष्टको भनाइ छ । क्षेत्रफलसँगै यस वर्ष आलु उत्पादन बढ्ने…

Read More