
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २५ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काग्रेस नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौला २०४६ को परिवर्तनदेखि २०६२÷०६३ को परिवर्तनसम्मका महत्वपूर्ण उपलब्धीका अविस्मरणीय व्यक्तित्व भएको प्रष्ट पारेका छन् । चुनावी सभा अन्र्तगत झापा क्षेत्र नम्वर १ र ३ मा पर्ने भद्रपुर नगरपालिकाका ७, ८, ९ र १० नम्वर वडाका मतदाता लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले निरङ्कुशता र अशान्तिले आक्रान्त नेपालमा शान्ति तथा जनमैत्री शासनका लागि महत्वपूर्ण योगदान दिएका सिटौलाको राष्ट्रिय राजनीतिमा अभिभावकीय भूमिका रहेकोले वर्तमान व्यवस्था बिरोधी परास्त गर्दै सिटौलालाई मतदान गर्न झापा ३ का मतदातालाई अनुरोध गरेका छन् । झापा…
बिर्तामोड, २५ कात्तिक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिर्तामोडमा आज आयोजित अन्तिम माइन्युट प्रमाणिकरण भेला सम्पन्न भएसँगै सहकारीको साधारण सभा सम्पन्न भएको हो । बिर्तामोडको मुख्य कार्यालयसहित जिल्लाका नौ वटा सेवाकेन्द्रमार्फत् सेवा प्रवाह गर्दै आएको धौलागिरी पारिजातको कात्तिक १५ गतेदेखि इकाइगत साधारणसभा शुरु भएको थियो । साधारणसभाका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका सहकारी शाखा प्रमुख डिल्ली दाहालले सहकारी संस्थामा शेयर सदस्यले बचत बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीले रोजागरी सिजर्नासँगै उत्पादन, बजारीकरण लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । यदाकदा सहकारी क्षेत्रमा विकृति देखिने गरेकाले…
सन्तोष शर्माबिर्तामोड, २५ कात्तिक । झापा क्षेत्र नं. २ यतिबेला चुनावी माहोलले तातेको छ । प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो । एकातर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को तीन दलीय लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको छ भने अर्कोतर्फ नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनले चुनावी गतिविधिलाई अझ सशक्त बनाइरहेको छ । राजनीतिक पृष्ठभूमिका दुई वटा गठबन्धन दलका उम्मेवारसँगै स्वतन्त्र उम्मेदवार र पार्टी छाडेर बाघी बनेका उम्मेदवार पनि चुनावी मैदानमा छन् । सँगै नेपाल मजदुर किसान पार्टी…
झापा, २५ कात्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार आठ सय ४२ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने यस पटक उसलाई अन्य दलको साथ छ । ओलीले २०७४ सालमा ५७…
झापा, २५ कात्तिक । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समाज सुधारक महागुरु फाल्गुनन्दको आज १३८ औं जन्म जयन्तीका अवसरमा शुभकमना दिनुभएको छ । यस्तो छ, मुख्यमन्त्री राईले दिनुभएको शुभकामना सन्देशप्रेम र अहिंसाका अनुयायी, सत्य वचन र धर्मकर्ममा निष्ठ, समाज सुधारक महागुरु फाल्गुनन्दको आज १३८ औं जन्म जयन्तीका अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । वि.सं. १९४२ सालमा पूर्वी नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुनन्दसँग अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ । प्रकृतिप्रेमी किरात समुदायलाई विकासको मूलधारमा ल्याउन र सामाजिक, आर्थिक र सांस्कृतिक…
दमक, २५ कात्तिक । गायिका मेलिना राईले आर्थिक अभावका कारण पढाई छाडेका दिदी भाइलाई आर्थिक सहयोग गरेकी छन्। इलामको दानाबारीस्थित एक परिवारका दिदी र भाइहरुलाई बिहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष भूमिका फियाकलगायत टिम मार्फत नगद ५० हजार रूपैयाँ सहयोग गरेकी हुन् । हेर्ने कथा कार्यक्रमबाट अनिसा लिम्बू र उनका भाइहरुको बारेमा थाहा पाएकी गायिका राईलगायत ,सामाजिक अभियन्ताहरू पदम फियाक (बाटोघरे) ले १२ हजार ५ सय रूपैयाँ, दमक स्थायी ठेगाना भै हङकङमा बस्ने भबिन लिम्बुले १५ हजार रूपैया र अस्मिन फियाकले ५ हजार रूपैयाँ सहयोग गरेका छन् । सानै उमेरमा बुबा गुमाएको र आमाले पनि छाडेर गएपछि…
झापा, २५ कात्तिक । नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको दाबी गरे । कार्यकारी निर्देशक डा। श्रेष्ठले उक्त मेसिन बिरामीका लागि धेरै फाइदाजनक भएको बताए। उनका अनुसार मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको छ । उनले कार्डियो भास्कुलर हाइब्रिड थिएटर अत्यधिक गुणस्तरीय रहेको भन्दै उक्त अपरेसन…
भद्रपुर, २५ कात्तिक । झापा १ बाट संघीय संसदका लागि तेस्रो पटक होमिएका काँग्रेस महामन्त्री तथा झापा १ का उम्मेदवार विश्वप्रकाश शर्मा यस पटक हरियो मफलरसहित टोलटोलमा पैदल यात्रा गर्दै जनमत बटुलिरहेका छन् । प्रदेश सभा (क) मा काँग्रेसका गोपाल तामाङ र प्रदेश सभा (ख) मा माओवादी केन्द्रका श्यामवीर लिम्बूलाई प्रदेश सभाको उम्मेदवारका रूपमा साथमा लिएर हरेक दिन सात ठाउँमा पैदलयात्रा गरिरहेका शर्माले युवादेखि अग्रज जेष्ठ नागरिकसम्मको साथ र आर्शीवाद पाएर जीतका लागि जनमत बटुलिरहेका हुन् । उम्मेदवार विश्वप्रकाशको चुनावी हिँडाइ एक दिनमा २० किलोमिटर भन्दा बढी नै रहेको सहयोगी कार्यकर्ताहरूको भनाइ छ । हरियो रूखको उर्जा आफूसितै बोकेको अनुभव…
झापा, २५ कात्तिक । हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएयता सामाजिक सुरक्षा भत्तासहित ८५ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममार्फत कुल जनसङ्ख्याको ३२ दशमलव ९ प्रतिशत जनता लाभान्वित भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिए। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २०७६ साउनदेखि सुरु भएको हो। आजको गोरखापत्र दैनिकमा खबर छ ।
विर्तामोड, २४ कात्तिक । जापानी नागरिकको आर्थिक सहयोगमा जापान टिम अफ योङ हुमन पावर र धनश्याम स्मृति प्रतिष्ठान चन्द्रगढी द्वारा निर्मित र्योटेन भवन विद्यालयलाई निर्माण गरी हस्तान्तरण गरिएको छ । विर्तामोड -१० स्थित लक्ष्मी नारायण आधारभूत विद्यालयलाई विहिबार एक कार्यक्रमका विच निर्मित २ कोठे पक्की भवन उद्घाटन गरिएको छ । भवन निर्माण दाता जापानी नागरिक योशिनोरी किन्जयो र हिसाको किन्ज्योलाई कार्यक्रममा सम्मान गरिएको छ ।त्यस्तै निर्माण गरिएको २ कोठे पक्की भवनको झ्याल ढोका निर्माण गर्न काठ सहयोग गर्नुहुने विर्तामोड -४ निवासी समाजसेवी व्यक्तित्व जल कुमार गुरुङलाई सम्मान गरिएको थियो । उ आयोजित कार्यक्रममा विद्यालयका कक्षा ५ का छात्र हर्क राज…