
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ पुस । नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्याउनैपर्ने स्थिति बनेको हो । चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला बन्ने नयाँ सरकारले आप्mना प्राथमिकतालाई जोड दिँदै अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने गरी पूरक बजेट ल्याउनुपर्ने जानकार बताउँछन् । उनीहरूका अनुसार चालू वर्षको ५ महीना पूरा हुँदा सरकारको आम्दानीले कर्मचारीलाई तलब भत्ता खुवाउनै मुश्किल परेको स्थिति छ । आगामी सरकारले पूर्णरूपमा मितव्ययी नीति अघि सार्दै कार्यान्वयनको पाटोलाई कडाइका साथ अघि…
विराटनगर, ५ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले खोटाङ आगलागीको घटनाले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री कार्कीले एस्तो बताउनुभएको हो । मन्त्री कार्कीले आगलागीले मानविय क्षति नभए पनि भौतिक संरचनाका साथै विस्तारित बजार क्षेत्रलाई क्षति पूर्याएको बताउँदै पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभयो । गएराति जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. ४ बाक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नस्ट भएका छन् । त्यहाँ सञ्चालनमा रहेका विभिन्न पसल र संस्थाका कार्यालय समेतमा पूर्ण र आंशिक…
बिर्तामोड, ५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राजवंशी समाज विकास समितिको स्थापना दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार एक लिखित सन्देश जारी गर्दै राजवंशी समाज विकास समितिको २९ औं स्थापना दिवस अवसरमा शुभकामना सन्देश जारी गरेका हुन् । प्रधानमन्त्री देउवाले राजवंशी समाज विकास समिति २९ औं वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेको अवसरमा राजवंशीहरुको भाषा, कला, संस्कृति र मौलिक परम्परा झल्कने गरी विभिन्न कार्यक्रम आयोजना गरेकोमा खुशी समेत व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा आदिमकालदेखि बसोबास गर्ने राजवंशी जातिको छुट्टै भाषा, धर्म,…
भद्रपुर, ५ पुस । झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । आज बेलुका झापा बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेल कचनकवल गाउँपालिका–१ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । उनी घाँस–दाउरा गरी फर्केने क्रममा उक्त सामुदायिक वनसंग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वनबाट आएको जंगली हात्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विराटनगर, ५ पुस । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेट स्वीकृत गरेको छ । यो निर्णयपछि निर्वाचन आचारसंहितालगायतका कारणले रोकिएको पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अघि बढ्ने छ । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रस्तुत सार्वजनिक सुनवाई, सार्वजनिक लेखापरीक्षण तथा सामाजिक परीक्षण कार्यविधि, २०७९ स्वीकृत गरेको छ । त्यसैगरी, सामाजिक…
भद्रपुर, ५ पुस । झापाको भद्रपुर–१० स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड चन्द्रगढीको सातौं वार्षिक सभाबाट अध्यक्षमा देवीमाया अधिकारी सर्वसम्मत चयन भएकी छिन् । चन्द्रगढीमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित तेस्रो अधिवेशनले अधिकारीलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गादेवी पौडेल निरौला चयन भएकी छिन् भने सदस्यहरूमा क्रमशः यसोदा निरौला, निर्मला दंगाल, मिना कोइराला, पवित्रादेवी वराल, विनादेवी प्याकुरेल र सावित्रा दाहाल निर्विरोध चयन भएका हुन् । संस्थाकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा नेप्सकुनका केन्द्रीय सञ्चालक समिति…
काठमाडौं,५ पुस । आगामी शुक्रबार ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ । ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए । ग्राण्ड फिनालेमा चारजना कोचका चार ट्यालेन्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टीम राजेशपायल राईबाट सविना योङहाङ, टीम राजु लामाबाट करण राई र टीम प्रविधा अधिकारीबाट शाहिल लिम्बु छन् । दर्शकको भोटको आधारमा विजेता घोषणा हुने भएकाले दर्शकमाझ कौतुहलता पनि छ । दर्शकले शुक्रबारको प्रसारण समयसम्मै मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न पाउने छन् । दर्शकमात्र हैन नेता पनि प्रतिस्पर्धीलाई जिताउन लागिपरेका छन् । धरानका मेयर हर्क साम्पाङले…
काठमाडौं,५ पुस,। नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् । उनको प्रस्तावकमा डा. शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् ।
काठमाडौं,५ पुस, । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् । कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।
काठमाडौं,५ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान गठबन्धनलाई एक ढिक्का राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । चुनावमा जाँदा गठबन्धन बनाएर मत मागेकाले सरकार बनाउने बेलामा अन्य विकल्पबारे सोच्न नहुने स्पष्ट पारेका हुन् । मंगलबार कांग्रेस संस्थापन इतरको बैठकमा सञ्चारकर्मीहरूसँग भने, ‘नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको जे परिणाम आए पनि गठबन्धनलाई सबल बनाएर अघि बढ्नुपर्छ । जनताले जुन विश्वासले गठबन्धनलाई मत दिएका छन्, त्यसलाई दायाँबायाँ हुन नदिई अघि बढ्नुपर्छ । जनताको माझमा जाँदा एउटा गठबन्धन प्रस्ताव गरेको हुँदा सरकार बनाउँदा अन्त कतै नअलमलिईकन प्रधानमन्त्री, राष्ट्रपति जस्ता पदमा साझा सहमति गरेर अघि बढ्नुपर्छ ।’ उनले यसको नेतृत्व नेपाली…