
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ११ मंसिर । नेपाली कांग्रेसका प्रभावाशाली नेता कृष्णप्रसाद सिटौला पराजित झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । झापा क्षेत्र नं. ३ मा कांग्रेसले २५ हजार ५३५ मत प्राप्त गरेको झापा क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । १९ हजार ७४३ मतका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ भने १९ हजार ४६० मतका साथ झापा ३ मा नेकपा (एमाले) ले तेस्रो स्थानमा छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी सात हजार ८१२ मतका साथ चौथो स्थानमा रहेको छ भने नेकपा (माओवादी केन्द्र) सात हजार ५९५ मतका साथ पाँचौं…
झापा, ११ मंसिर । विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले जितेको छ । शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे नायक बन्दा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जितेको हो । फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको ६८ औं मिनेटमा डेनमार्कका आन्द्रेस क्रिस्टेसनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाएका हुन् । जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ । फ्रान्स समूह डी को अंक तालिकाको शीर्ष स्थानमा छ । डेनमार्क भने दुई खेलबाट १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा…
झापा, ११ मंसिर । कतारमा जारी विश्वकपमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ । विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जित्नै पर्ने दबाबमा रहेको शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोल अन्तरले हराएको हो । लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र एन्जो फर्नान्डेसले एक–एक गोल गरे । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ३ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । पराजित मेक्सीको दुई खेलबाट १ अंक जोडेर तालिकाको पुछारमा छ । अर्जेन्टिनाले आफ्नो अन्तिम तथा निर्णायक खेल पोल्यान्डसँग खेल्नेछ ।
झापा, ११ मंसिर । प्रतिनिधि सभा निर्वाचनमा होमिएका एक दर्जन मन्त्रीमध्ये ५ मन्त्री निर्वाचित भएका छन् भने ६ जनाले हारेका छन् । निर्वाचित भएका मन्त्रीहरूमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकासमन्त्री मेटमणि चौधरी रहेका छन् । पौडेलले वाग्लुङ–२, बडु दार्चुला, श्रम तथा रोजगारमन्त्री कुँवर अछाम–१, शहरी विकासमन्त्री चौधरी दाङ र अर्थमन्त्री शर्मा रूकुम पूर्वबाट निर्वाचित भए ।यता ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, राज्य मन्त्री उमेश श्रेष्ठ, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक), खानेपानी तथा सिँचाइमन्त्री उमाकान्त चौधरी…
झापा, ११ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ । यस्तो अवस्था निम्तिएसँगै ठुला राजनीतिक दलहरूले सरकार गठनमा चासो देखाउन थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपरिणामअनुसार सहज रूपमा सरकार गठन नहुने परिस्थिति बनेको बताइसकेका छन् । बहुमतको लक्ष्यसहित कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावी तालमेल गरे पनि त्यो असफल हुन पुगेको छ । एमाले पनि १५० सिटको लक्ष्यसहित चुनावी मैदानमा गएको थियो । एमालेका लागि पनि त्यो सम्भव हुन सकेन । सरकार गठनबारे विभिन्न कोणबाट चर्चापरिचर्चा भइरहेका बेला शनिबार बिहान नेकपा माओवादी केन्द्रका…
झापा, ११ मंसिर । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै सार्वजनिक गरे । यद्यपि आयोगले उनलाई जरिवाना तिर्नुपर्ने उम्मेदवारको सूचीमा राख्यो । तर स्थानीय तह निर्वाचन निर्देशिकाले उम्मेदवारले खर्च विवरण सार्वजनिक गर्नुका साथै निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेकोमा शाहले निर्वाचन कार्यालयमा समयमै खर्च नबुझाउँदा आयोगको कारबाहीमा परे । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा कतिपय उम्मेदवारले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् । तर निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा…
झापा, ११ मंसिर । सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार अक्सफाम जीबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँको आश्रित परिवार श्रीमती र सन्ततिले मासिक ९९ हजार ६२५ रुपियाँ निवृत्तभरणका रूपमा प्राप्त गर्नुभएको हो । मृतक न्यौपानेले बहुराष्ट्रिय कम्पनीमा काम गर्ने र तलब पनि एक लाख रुपियाँको हाराहारीमा पाउनुहुन्थ्यो । सामाजिक…
झापा, १० मंसिर । कतारमा जारी विश्वकप २०२२ मा अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध जीत हासिल गरेको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया विजयी बनेको हो । उनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए । योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए । विश्वकपमा सन् २०१० पछि अस्ट्रेलियाको यो पहिलो जीत पनि हो । समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो । अस्ट्रेलियाले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि…
भद्रपुर, १० मंसिर । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ प्रतिनिधिसभाका उमेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाता प्रति आभार सहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्वर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक कार्यक्रम आयोजना गरी त्यहाका मतदातालाई आभार प्रकट गर्दै धन्यवाद दिएका हुन् । क्रममा सम्बोधन गर्दै नेता सिटौलाले तोकतन्त्रको अभ्यासमा हारजित स्वभाविक भएकोले कार्यकर्ता, शुभचिन्तक मतदातालाई निराश नहुन आग्रह समेत गरेका छन् । उनले यस क्षेत्रकोे विकासका लागि आफू संसदमा पुग्न नसके पनि स्थानीय तह र प्रदेशको सहकार्यमा विकास निर्माण लगायतका काममा आफूले निरन्तर सहयोग गर्ने मतदातासित बाँचा समेत गरेका छन् । यस क्षेत्रमा प्रदेश…
भद्रपुर, १० मंसिर । किराँत मुन्धुम अध्ययन केन्द्र झापाले परम्परागत किँरात संस्कृतिको संरक्षणका लागि सरोकारवालासित चन्द्रगढीमा अन्र्तक्रिया सम्पन्न गरेको छ । केन्द्रका झापा अध्यक्ष रमेशकुमार राईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जितेन राईको प्रमुख आतिथ्यमा सम्पन्न अन्र्तक्रियामा शान्तिदेवी राईले मुन्धुम बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्राध्यापक डाक्टर पृथ्वीविक्रम राई लगायत झापाका अग्रज किराात समुदायका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।