झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १५ पुस । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका…

Read More

झापा, १५ पुस । आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गर्नुभएको पनि विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुनुहुन्छ । यो दिन भगवान्को पूजा अर्चना तिल, तुलसी अर्पणगरी कुन्दको फल र पक्वान्न अपुङ्गोको नैवेद्य चढाएर दारिमको अघ्र्य भगवान्लाई दिई ब्राह्मणलाई घ्यू दान दिनुपर्ने विषय पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुयभयो…

Read More

झापा, १५ पुस । गुरुङ समुदायहरूको महान पर्व ‘तमु ल्होसार’ आज धुमधामका साथ मनाइँदैछ । सप्रिला ल्हो (सर्प वर्ग) को बिदाई तथा त ल्हो (घोडा वर्ग) को स्वागत गरी धुमधामका साथ तमु ल्होसार मनाउन लागिएको हो । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाका अध्यक्ष जगतमान गुरुङले वर्ष गणना गर्ने विक्रम सम्वत् प्रचलनमा आउनुभन्दा अघि गुरुङ जातिका पूर्वजहरुद्वारा प्रत्येक एक वर्षलाई एउटा पशु वा पक्षीको नाम दिएर वर्ष गणना गर्ने परम्परालाई ल्हो वा वर्ग भन्ने गरिएको बताउनुभयो । “तमु ल्होसार गुरुङ जातिको मुख्य मौलिक पर्व हो”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष पुस १५ गतेका दिन मनाइने परम्परा छ । पुस…

Read More

विराटनगर, १४ पुस । मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागुऔषध गाँजा बरामद गरेको छ । हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुस १३ गते राति केराबारी गाउँपालिका–५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भान्न खोजे पछि प्रहरीले हवाई फायर गरी धनकुटा शहिदभुमी–६ का निश्चल राई र सागुरिगढी–२ का खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको छ भने एम्बुलेन्स भित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध गाँजा समेत प्रहरीले बरामद गरेको छ । पक्राउ…

Read More

झापा, १४ पुस । सुन्तला जाडो मौसमको ‘सुपरफुड’ हो, तर के तपाईलाई थाहा छ ? यसको गुदी मात्र होइन, बोक्रा पनि स्वास्थ्यका लागि कुनै खजानाभन्दा कम छैन। धेरैजसो मानिसहरू सुन्तला खाएपछि यसको बोक्रा डस्टबिनमा फ्याँक्छन्, तर सुन्तलाको बोक्रामा भिटामिन ‘सी’, फाइबर, क्याल्सियम, फ्लेभोनोइड्स र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यदि तपाईंले यसलाई सही तरिकाले आफ्नो खानपानमा समावेश गर्नुभयो भने धेरै रोगहरूबाट बच्न सक्नुहुन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउन सक्नुहुन्छ। सात फाइदा१. रोग प्रतिरोधात्मक क्षमता ९इम्युनिटी० बलियो बनाउँछसुन्तलाको बोक्रामा गुदीभन्दा बढी भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ। यसले शरीरमा भाइरल र ब्याक्टेरियल संक्रमणसँग लड्ने क्षमता बढाउँछ। २. तौल घटाउन निकै फाइदाजनकसुन्तलाको…

Read More

झापा, १४ पुस । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२–८३ को मङ्सिर महिनामा रु ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद बापत रु १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट रु १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत रु सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदबापत रु ८९ लाख ४५ हजार ३९३ राजस्व सङ्कलन गरेको छ । यस्तै हुन्डी कारोबार गर्नेहरूबाट रु ६४ लाख ४३…

Read More

ताप्लेजुङ, १४ पुस । ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या ६ हजार २ सय ४३ कम छ । पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका हुन् । विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नौ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी १८ हजार १ सय ९० मतदाता फुङलिङ…

Read More

सन्तोष शर्माझापा, १४ पुस । झापामा पछिल्लो समय पेभर्स सडकको लोकप्रियता बढ्दै गएको छ । छिटो–छरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा पेभर्स सडकको लोकप्रियता बढ्दै गएको हो । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले नगर क्षेत्रमा अधिकांश सडकहरु कालोपत्रे र केही सडक पेभर्स लगाएको रहेको बताउनुभयो । “पछिल्लो समयमा कम भारबहन क्षमता भएका भित्री सडकमा पेभर्स लगाएर सडक निर्माण गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “हेर्दा राम्रो देखिने र भत्किहाले पनि मर्मत गर्न सजिलो हुँदो रहेछ ।” सडक निर्माण गर्ने ठेकेदारले नै पाँच वर्षको ग्यारेन्टी दिएर सडक मर्मत गर्ने भएकाले नगरपालिकालाई सहज हुने…

Read More

झापा, १४ पुस । सरकारले इराकमा गएर फर्केका नेपाली कामदारलाई पुनः इराक जान श्रम स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले इराकको आधिकारिक भिसा तथा वैध ‘रेसिडेन्सी कार्ड’ भएका कामदारलाई आवश्यक प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । सन् २००४ मा १२ नेपालीको हत्या भएपछि इराकलाई द्वन्द्वग्रस्त मुलुकको सूचीमा राखी श्रम स्वीकृति रोकिएको थियो । तर, हाल करिब ३० हजार नेपाली इराकमा कार्यरत रहेको अध्ययनले देखाएको छ । सरकारको निर्णयपछि श्रम स्वीकृति लिएर जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषअन्तर्गत मृत्यु वा अङ्गभङ्गमा आर्थिक सहायता पाउनेछन् । साथै वैध प्रणालीमार्फत कमाइ स्वदेश पठाउने बाटो…

Read More

झापा, १४ पुस । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले पुस १४ गते सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । डेढ वर्षदेखि एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Read More