
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । त्यस्तै आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
निशान निरौलाझापा, ११ पुस । पछिल्ला आठ वर्षदेखि फिल्म क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएका कलाकार प्रतिभा नारायण बिक अब दर्शकमाझ एक सशक्त कलाकारका रूपमा चिनिँदै गएका छन् । फिल्म अध्ययनदेखि थिएटरसम्मको अनुभव बटुलेका उनी मुम्बईमा बसेर बलिउडमा समेत संघर्षरत रहे । सोही क्रममा उनले बलिउड सुपरस्टार विक्की कौशलसँग काम गर्ने अवसर पाएका थिए । नेपाल फर्किएपछि उनले ‘क्राइम पेट्रोल नेपाल’, ‘डोरी ओगायेत’ जस्ता चर्चित सिरिज तथा दर्जनौं नेपाली फिल्महरूमा सहायक भूमिकामा अभिनय गरेका छन् । त्यस्तै, म्युजिक भिडियो र वेब सिरिजमार्फत पनि उनले आफ्नो अभिनय कौशल प्रस्तुत गर्दै आएका छन् । हाल उनले निर्देशक रोशन दासको निर्देशनमा बन्ने नयाँ फिल्म…
ताप्लेजुङ, ११ पुस । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–६, पिपल चोकस्थित निर्माणाधीन तमोर फाइभ हाइड्रोपावरको सुरुङमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार आटलेट हाइड्रोपावरको सुरुङमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दैलेख, गुराँस गाउँपालिका–३ का वर्ष २४ का भद्र बहादुर शाही गम्भीर घाइते भएका थिए । शाहीलाई बिहान १० बजे आधारभूत अस्पताल तापेथोकमा ल्याइएको थियो । अस्पतालमा डाक्टरले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीको भनाइ छ । यता बर्दिया, मधुवन नगरपालिका–४ का वर्ष ३३ को आकाश खड्काको घाइते अवस्थामा उपचार भइरहेको छ । उनको सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला…
झापा, ११ पुस । झापाको बिर्तामोड–२ स्थित सहारा नेपालले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । सहारा नेपालले आज इलामको रोङ–६ स्थित मोतिराम माध्यमिक विद्यालयका कक्षा–१ देखि कक्षा–१० सम्मका १२० जना विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो । मोतिराम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, अनुगमन समिति संयोजक दुर्गा भण्डारी, सहसचिव लालबहादुर गिरी, कार्यसमिति सदस्य हेमराज गिरी र ध्यानबहादुर भारती लगायतले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक कुमार मगरले गर्नुभएको थियो ।
झापा, ११ पुस । झापाको बिर्तामोड नगरपालिका–४ आगमनटोलमा एक बालकको रेलिङबाट लडी मृत्यु भएको छ। गत पुस २ गते राति ८ः१५ बजे रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै तीनतले घरको रेलिङमा खेल्ने क्रममा अचानक भुईमा खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा पुस ९ गते साँझ ७ः१५ बजे बालकको मृत्यु भएको अस्पतालले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटाई अनुसन्धान भइरहेको छ।
भद्रपुर, ११ पुस । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र. १–०३००१ प ४९५५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक इलाम माई नगरपालिका–१ दानाबारीका ३१ वर्षीय सन्देश राई र पछाडि सवार ४६ वर्षीय टेकबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा सन्देश राईको मलद्वार भित्र प्लास्टिकको पोका पारी लुकाइ ल्याइएको लागुऔषध (ब्राउन सुगर जस्तो देखिने लिसाइला पदार्थ) फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थको तौल प्लास्टिकसहित ५ ग्राम ६५० मिलिग्राम र प्लास्टिक बाहेक ५ ग्राम १०० मिलिग्राम…
बिर्तामोड, ११ पुस । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। १३औँ वार्षिक साधारणसभा अन्तर्गत गत मङ्सिर २९ देखि पुस ७ गतेसम्म सम्पन्न सातवटा एकाइगत सभाबाट छनोट भएका २१ जना प्रतिनिधि शेयर सदस्य, सञ्चालक समिति, विभिन्न उपसमिति, लेखा समिति तथा कर्मचारीहरूको उपस्थितिमा बिर्तामोडस्थित आदर्श ब्याङ्केटमा साधारणसभा तथा माइन्युट प्रमाणीकरण सभा सम्पन्न गरिएको हो । संस्थाका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सभाले चालू आर्थिक वर्ष २०८२–०८३ का लागि वार्षिक कार्ययोजना तथा बजेट पारित गरेको छ। साथै सभाले आर्थिक वर्ष २०८१–०८२ को सञ्चालक समितिको वार्षिक…
बिर्तामोड, ९ पुस । झापाको बिर्तामोड नगरपालिका–७ भुसाबाडीस्थित बेल्स मोडल स्कूलमा आज शैक्षिक प्रदर्शनी कार्यक्रम भएको छ । स्कूलका कक्षा–४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रमको विषयवस्तुमा आधारित रहेर तयार गरेको प्रयोगात्मक शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको हो । जस अन्तरगत विज्ञान, गणित, नेपाली र अंग्रेजी विषयका २५० वटा भन्दा बढी प्रयोगात्मक सामग्रीको प्रदर्शनी गरिएको स्कूलले जनाएको छ । स्कूलका अध्यक्ष जयकुमार प्रसाईंको अध्यक्षतामा भएको प्रदर्शनीको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंले स्वागतसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन स्कूलका भाइस प्रिन्सिपल देवन ढुंगानाले गर्नुभएको थियो । कार्यक्रम बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,…
अङ्कारा, ९ पुस। टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलवार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो । लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको केही समयपछि दुर्घटनामा परेको टर्की र लिबियाका अधिकारीहरूले जानकारी दिएका छन् । दुई देशबीच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अङ्कारामा रहेको टर्कीका अधिकारीहरूले बताएका छन् । लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबीबाहले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनरल मुहम्मद…
झापा, ९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ १८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर…