
झापा, ११ पुस । झापाको बिर्तामोड–२ स्थित सहारा नेपालले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
सहारा नेपालले आज इलामको रोङ–६ स्थित मोतिराम माध्यमिक विद्यालयका कक्षा–१ देखि कक्षा–१० सम्मका १२० जना विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो ।

मोतिराम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, अनुगमन समिति संयोजक दुर्गा भण्डारी, सहसचिव लालबहादुर गिरी, कार्यसमिति सदस्य हेमराज गिरी र ध्यानबहादुर भारती लगायतले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक कुमार मगरले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

