
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, २९ कात्तिक । जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ । फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो । फुङलिङ–९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिए । उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली परिचालन गरिएको थियो । शव कानुनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको बताउँदै बढईले शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए ।
झापा, २९ कात्तिक । झापा र उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–६ बस्ने ४२ वर्षीय राजु कटुवाललाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस्तै, उदयपुरको कटारी नगरपालिका–७ रिस्कु बस्ने ५५ वर्षीय एन सिंह राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। उनले ६० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले दुवै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
सुरुङ्गा, २९ कात्तिक । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११ः३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय ९इप्रका० बुधबारेमा जानकारी गराएका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज…
झापा, २९ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
भद्रपुर, २९ कात्तिक । झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ मेची बिटस्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । शंका लागेर गरिएको चेकजाँचका क्रममा उनीहरूको गोजीमा प्लास्टिकको पोका भित्र लुकाइ ल्याइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । चेकजाँचका क्रममा बिर्तामोड–३ कञ्चनजंघाका ३० वर्षीय देबराज श्रेष्ठको साथबाट प्लास्टिकबाहेक २ ग्राम ६० मिलिग्राम, बिर्तामोड–५ शान्ति टोलका ४० वर्षीय रामकुमार मौलीको साथबाट प्लास्टिक बाहेक…
झापा, २८ कात्तिक । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा कारोबार भइरहेको छ । बिहीबार एक तोला सुन रु दुई लाख ५० हजार २०० र चाँदी रु तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।
झापा, २८ कार्तिक । प्रदेश १ का तीन जिल्लाबाट लागू औषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ, झापा र सुनसरीमा चेकजाँच तथा गस्तीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले रंगेली नगरपालिका–४ र ६ मा चेकजाँचका क्रममा चार जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–५ का जिवन खड्का र सलिन गुरुङ, रंगेली–४ का सतिस कुमार तथा कपिल जिमि याख्खा रहेका छन्। उनीहरूबाट क्रमशः ४ ग्राम ८० मिलिग्राम र १ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका–५ का सौरभ…
झापा, २८ कात्तिक । अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वर धाममा बिहीबारदेखि वायु पुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । धाम व्यवस्थापन समितिको आयोजनामा ४३औं वार्षिक अनुष्ठानअन्तर्गत सुरु भएको महायज्ञको उद्घाटन प्रमुख अतिथि १००८ केशवानन्द स्वामीजी महाराजले गरेका हुन् । महायज्ञ आगामी मंसीर ३ गते बालाचर्तुदशीका दिन सम्पन्न हुनेछ । प्रमुख वाचक अन्तराष्ट्रिय कथाव्यास पण्डित कुवेर सुवेदी र उपवाचक पण्डित हेमन्त भण्डारी रहनेछन् । उद्घाटन समारोहमा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडा र बटुक खेमराज लामिछानेले प्रस्तुत गरेका थिए भने सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।…
झापा, २८ कात्तिक । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ। दूतावासले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा पोर्चुगल सरकारले यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि उच्च दक्षबाहेक अन्य सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको उल्लेख छ। यस परिस्थितिमा सावधानी अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ। हाल नेपाल तथा मध्यपूर्वमा पोर्चुगलमा काम लगाइदिने बहानामा ठगी धन्दा भइरहेको जानकारी प्राप्त भएको भन्दै दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ। कामदार भिसा बन्द भइसकेको अवस्थामा त्यस किसिमका भिसा प्रयोग गरी कोही पनि…
झापा, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ। हिजो पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य बढेको थियो। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा थियो। यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२…