
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, ३१ भदौ । प्रदेश १ स्तरीय महिला भलिबलको उद्भाटन खेल झापाको दमकमा बुधबार आयोजना भएको छ । प्रदेश नम्बर एक खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले महिला भलिवलको उद्भाटन गरे । उद्घाटन पछि झापाको दमकमा तीन खेल भएका थिए भने झापाकै कमल गाउँपालिका स्थित पाडाजुँगीमा तीन खेल सम्पन्न भएका थिए । दमकमा भएको संखुवासभा र पाँचथर बिच भएको खेलमा संखुवासभाले सोझो सेटमा जित हासिल गर्यो । पाचथर दुवै खेलमा ११ अंकमा सिमित भयो । त्यसैगरी तेह्रथुम र इलाम बिच भएको दोस्रो छनौट खेलमा तेह्रथुमले सोझो सेट जित हासिल गर्यो । इलामले पहिलो खेलमा १७ र दोस्रो खेलमा १९…
सन्तोष शर्माबनियानी, ३१ भदौ । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक चापागाईंले जानकारी दिए । भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ । “अधिकांश उपकरण आइसकेको, एकाध बाँकी छ”, उनले भने, “अब मेसिन एकअर्कामा जोड्ने काम बाँकी छ ।” कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन…
झापा, ३१ भदौ । आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। अति भारी वर्षाको…
झापा, ३१ भदौ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ । नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरकारले आगामी निर्वाचनका लागि नेपाल प्रहरीलाई नयाँ सवारीसाधन खरिद गर्न ७५ करोड बजेटको स्रोत सुनिश्चितता दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राइले…
झापा, ३१ भदौ । सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो । ुटीकापुर काण्डमा धेरै छलफल भयो । त्यसमा कानुन संशोधन गरेर सरकारले मुद्दा फिर्ता लिने निर्णय भएको छु सरकारका एक मन्त्रीले भने । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यले राजनीतिक रुपमा सबै प्रकारका विवादित मुद्दा फिर्ता लिने निर्णय गरेको स्रोतले बतायो । स्रोतका अनुसार सरकारले टीकापुर घटना सम्बन्धि मुद्दा खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई समेत निर्देशन दिइसकेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, ३१ भदौ । चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्। कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो। नाका खुलेसँगै रसुवाबाट बिहीबार बिहानै सातवटा ठूला कन्टेनर सामान र तातोपानी नाकाबाट दुई कन्टेनर सामान भित्रिएको भन्सार विभाग, रसुवाका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए। बाँकी सात कन्टेनर सामान पनि साँझसम्ममा भित्रिसक्ने उनको भनाइ थियो। यसअघि रसुवा नाकाबाट दैनिक १४ वटा ठूला कन्टेनर सामान आउने र यो नाकाबाट अन्य सामानभन्दा बढी फलफूल भित्रिने गरेको छ। चारदिने नेपाल बसाइका क्रममा भएको उच्चस्तरीय…
झापा, ३१ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन । स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु परीक्षण शुल्क मनपरी रूपमा लिएको भन्ने गुनासो आएपछि डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउने निर्णय भएको बताए । तर निर्णय कार्यान्वयनमा किन ढिलाइ भएको भन्नेबारे थाहा नपाएको बताउँदै भने, “म भोलि नै बुझेर कार्यान्वयनमा लैजान्छु ।” स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा विज्ञसहितको टोलीको भदौ…
झापा, ३१ भदौ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको साउन महिनामा ४.३५ प्रतिशत मुदास्फीति रहेकोमा यसपटक करिव ९ प्रतिशत पुगेको हो। नेपालीहरुका ठूला चाडवाड आइरहेको अवस्थामा उपभोक्तामाथि अझ मूल्यवृद्धिको चाप पर्ने अनुमान छ। साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ। २०७८ साउनको तुलनामा २०७१ साउनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुध पदार्थ…
बिर्तामोड, ३० भदौ । झापाको बिर्तामोडमा आजदेखि कार्ज स्पा सञ्चालनमा आएको छ । यहाँका तीन जना युवा व्यवसायी अजित खनाल, अर्जुन चापागाईं र दीपक सुवेदीले कार्ज स्पा सञ्चालनमा ल्याएका हुन् । स्पाको आज नायिका वर्षा राउतले उद्घाटन गरेकी छन् । कार्य स्पामा कार तथा मोटरसाइकलको डिलाइटिङ गर्ने अन्तर्राष्ट्रिय स्तरको डिलाइटिङ स्टुडियो हो । यी तीन युवा व्यवसायीको एक करोड रुपैयाँ भन्दा बढीको लगानीमा कार्ज स्पा सञ्चालनमा आएको हो । भारतमा सन् २००७ देखि र नेपालमा सन् २०१९ देखि सञ्चालनमा रहेको कार्ज स्पाको काठमाडौंपछि इटहरी र बिर्तामोड शाखा सञ्चालन भइरहेका छन् । कार्ज स्पाको उद्घाटन गर्दै नायिका राउतले ग्राहकको रुपमा कार्ज…
सन्तोष शर्माबनियानी, ३० भदौ । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको संख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको संख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले बताउनुभयो । २०७८ साउन ११ गदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष १२ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उहाँले बताउनुभयो । “पहिला वर्षको पाँच÷छ जनाले सिफारिस लिने गरेका थिए”, उहाँले भन्नुभयो, “पछिल्लो समय क्यान्सर रोगीको संख्या बढ्दै गएको छ ।” “अस्वस्थ्य खानपान र जीवन शैली नै क्यान्सरको मुख्य कुरा हो”, स्वास्थ्य शाखा प्रमुख यादवले भन्नुभयो, “सीमामा…