
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २८ भदौ । झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत बैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत साउन १२ गते भद्रपुर–४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भद्रपुर–७ का ४० वर्षीय भोटलाल गणेशको मृत्यु भएको थियो । भद्रपुर–४ स्थित आमडाँगीमा इलाम टि–प्रोडुसर प्रालिको निर्माणाधीन भवनमा काम गर्दै आएका उनी सोही निर्माणाधीन भवनको करिब तीन सय मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्न गएका उनको घटनास्थमै मृत्यु भयो । गत शनिबार मात्रै जिल्लाको हल्दिबारी, बुद्धशान्ति…
धरान, २८ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानमा पानी ल्याउन सफल भएका छन्। स्थानीय तह निर्वाचनको बेलामा उनको मुख्य मुद्धा नै धरानमा पानी ल्याउने थियो। सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयले खुसी साटेका हुन्। धरानमा पानी ल्याएको भिडिओ सामाजिक सञ्जालबाट पोस्ट गर्दै मेयर साम्पाङले खुसी साटासाट गरेका छन्। उक्त भिडिओ पोस्ट गर्दै उनले लेखेका छन्, ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ। सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा।’ धरानमा पानी ल्याउनका लागि साम्पाङले लामो समयदेखि अभियान संचालन गरेका थिए। यसअघि निर्वाचितन जनप्रतिनिसँग साम्पाङ ‘पानी देउ’ दबाव समूह नै बनाएर लागेका…
झापा, २८ असोज । पेट्रोलियम पदार्थ ढुवानीकर्ता व्यवसायीहरूले आगामी असोज १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चेतावनी दिएका छन्। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी देशभरका पेट्रोलियम डिपोहरुमा लोड अनलोड नगर्ने चेतावनी दिएको हो। विभिन्न माग राखी आन्दोलनरत व्यवसायीहरुले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने भदौ २४ को निर्णय माग पुरा नभएसम्म निरन्तर कायम राख्ने जनाएका छन्। सो पत्रमा असोज २ गतेदेखि आन्दोलनका थप कार्यक्रम गर्ने जनाइएको छ। साथै, व्यवसायीहरुले ढुवानी ठप्प पारेको अवस्थामा निगमले सञ्चालन खर्च व्यहोरी सञ्चालन गर्न चाहेमा टेंकर उपलब्ध गराउने महासंघको भनाई छ।
बिर्तामोड, २८ भदौ । लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) नेपालले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनका लागि झापामा सर्ब सम्मतले उम्मेव्दारहरुको नाम बैठकले पार्टी केन्द्रमा सिफारिश गरेको छ। मंगलबार बसेको पार्टीको जिल्ला समिति बैठकले झापा क्षेत्र नं १ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ओलिन राजबंशी र प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ गंगा लाल राजबंशी र प्रदेश सभा ९ख० मा रमा मेचेको नाम सिफारिश गरेको छ । प्रतिनिधि सभा तर्फ क्षेत्र नं २ मा आदिबासी नेता त्रिनारायण राजबंशीको नाम टुंगो लागेको छ। प्रदेश सभा प्रत्यक्ष तर्फ ९क० मा बिश्वनाथ चौधरी र ९ख० मा सामाजिक अभियन्ता शिबप्रसाद आचार्यलाई सिफारिश गरेको छ।…
झापा, २८ भदौ । बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ । रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् । महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ । जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ । समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोड्यो । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । अब…
झापा, २८ भदौ । राप्रपाले संसदीय बोर्ड गठन गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा टिकट वितरण लगायतका प्रयोजनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनले बोर्ड गठन गरेका हुन् । लिङ्देन नेतृत्वको बोर्डमा पूर्वअध्यक्षहरु लोकेन्द्र बहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा पदेन सदस्य रहेका छन् । यस्तै सदस्यहरुमा चन्द्र बहादुर गुरुङ, गीताभक्त जोशी, जयन्तनाथ खनाल, कान्ता भट्टराई, राजु बस्नेत, केदार न्यौपाने र बबिना मोक्तान लावती रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट बोर्डले गर्ने उनको भनाइ छ । यसअघि राप्रपाले अध्यक्ष लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन कमिटीसमेत…
झापा, २८ भदौ । तत्कालीन राजपाले २०७४ सालमा मधेस प्रदेशका लागि ४३ जनाको समानुपातिक सूचीमा समूह विभाजन नगरी निर्वाचन आयोगमा सूची बुझाएका थिए। सूची बुझाउँदा ७ जना दलित समुदायका गर्नुपर्थ्यो। तर, एक जान दलितसहित ४३ जनाको नाम मधेसी कलष्टरमा राखेर बुझाइयो। त्यसमा एउटा नाम थियो, राम प्रवेश बैठाको । उनी मनोनीत पनि भए। चारैतिरबाट बधाई पाए। तर, अन्तिम समयमा आयोगले उनको नाम अस्वीकार गर्यो। करण थियो, दलिततर्फ समूह विभाजन नगरेर दलले सूची बुझाउनु। मधेस प्रदेशमा यतिखेर समानुपातिकतर्फ उक्त दलले दलितलाई १७।२९ प्रतिशत कोटा छुट्ट्याउनु पर्ने आयोगको निर्देशन थियो। त्यसमा पनि दलले सूची पेस गर्दा दलितमा पनि मधेसी दलितको कोटा नछुट्ट्याएका…
बिर्तामोड, २८ भदौ । गायन प्रतिभाका धनी फत्तेमानको नवौँ स्मृति दिवसलाई साहित्य चौतारीले उच्च महत्व दिँदै मासिक काव्यसभा उनैमा समर्पित गर्ने निर्णय गरेको हो । साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठका अनुसार फत्तेमान २०६२ मा आयोजित साहित्य चौतारीको छैटौँ वार्षिकोत्सव समारोहका प्रमुख अतिथि थिए । ‘मासिक सांगीतिक काव्यसभामा फत्तेमानका सिर्जना प्रस्तुत हुनेछन्’, संरक्षक श्रेष्ठले भने, ‘साहित्य चौतारीलाई उहाँले लगाएको गुन बिर्सि नसक्नुको छ ।’ कार्यक्रममा नृत्य निर्देशक बालकुमार कटुवालको विशेष प्रस्तुति रहनेछ । अभिनय र कलामा उत्तिकै सक्रिय कटुवाललाई साहित्य चौतारीले २०६३ सालमा कलाकारिता पुरस्कार प्रदान गरेको थियो । साहित्य चौतारीले उत्कृष्ट बाल प्रतिभा रियाज रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम गर्न लागेको…
झापा, २८ भदौ । सशस्त्र द्वन्द्वका क्रममा निःशस्त्र व्यक्ति वा समुदायविरुद्ध लक्षित हत्यालाई मानव अधिकार उल्लङ्घनको गम्भीर सूचीमा राख्ने वा नराख्ने विषयमा विवाद भएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा सहमति हुन सकेन । अनौपचारिक छलफल र परामर्शपछि सोमबार विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भए पनि प्रक्रिया टुङ्गिन नसकेको हो। विधेयक प्रस्ताव गर्ने विभागीय मन्त्री हत्यालाई गम्भीर मानव अधिकार उल्लङ्घनको सूचीमा राख्न सहमत भए पनि नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको अडानका कारण सहमति नभएको हो। अन्य दलहरूले भने हत्यालाई गम्भीर सूचीमा राख्न विधेयकमाथि संशोधन नै दर्ता गरेका छन्। कानुन, न्याय…
झापा, २८ भदौ । संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ। संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल्पना गरे पनि आयोगले त्यसविपरीत प्रधानमन्त्री र मन्त्रीहरूलाई निर्वाचन प्रचारमा जान रोक लगाउँदै निर्वाचन आचारसंहिता जारी गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो क्षेत्रबाहेक अन्यत्र प्रचारप्रसार गर्न नपाउने व्यवस्था समेटेर निर्वाचन आयोगले राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित गरेको हो । त्यसप्रति सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका राजनीतिक दलका नेताहरूले विरोध जनाएका…