
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ मंसिर । नेपालमा विगत २६ वर्षको अवधिमा सन्तान जन्माउने दर घटेको एक सर्वेक्षणले देखाएको छ । सन् १९९६ देखि २०२२ सम्म आइपुग्दा महिलाले औसतमा २ जना सन्तान जन्माउने गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एकहजार महिलाहरूले ४.६ बच्चा जन्माएका थिए । अर्थात् दुई जना महिलाले ९ जना बच्चा जन्माउँथे । यस्तै, २००१ मा प्रति महिलाले बच्चा जन्माउने दर ४.१ थियो । अर्थात् औसतमा एक महिलाले ४ जना बच्चा जन्माउँथे । २००६ मा गरिएको सर्वेक्षणमा जन्मदर ३.१ प्रतिशत थियो भने सन् २०११ जन्मदर घटेर २.६ प्रतिशतमा पुग्यो । यस्तै, सन् २०१६ मा…
झापा, २५ मंसिर । झापामा ‘विश्वास परियोजना’ सञ्चालनमा आएको छ । उपेक्षित तथा उष्ण प्रदेशीय रोग नियन्त्रण, मातृ शिशु स्याहार र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यमा सुधार गर्ने उद्देश्यले झापाका १० वटा पालिकामा उक्त परियोजना सञ्चालनमा आएको हो । फेयरमेड फाउण्डेशन नेपालको सहयोग र साहारा नेपालको संयोजनमा उक्त परियोजना सञ्चालनमा ल्याएको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । प्रदेश १ का गाउँपालिका तथा नगरपालिकामा कसैलाई पनि पछि नछोडी समुदायको स्वास्थयमा सुधार गर्ने मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो । विश्वास परियोजना झापाका १० पालिका र मोरङको ७ वटा गरी १७ वटा पालिकामा सञ्चालित छ । जिल्लाको झापा गाउँपालिका, कचनकवल, बाह्रदशी, हल्दिबारी…
बिर्तामोड, २५ मंसिर । हरियो चिया पत्तिको गुणस्तर वृद्धिमा ध्यान दिन चिया किसानलाई सरोकारवालाले आग्रह गरेका छन् । विश्व बजारमा चियाको भविष्य राम्रो रहेको भन्दै उनीहरुले उत्पादनसंगै गुणस्तरमा पनि ध्यान दिन आग्रह गरेका हुन् । सरोकारवालाले हरियो चिया पत्तिको गुणस्तर वृद्धि गर्न सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । समयमै आवश्यक मलखाद्य र सिंचाईको प्रबन्ध गरेको खण्डमा हरियो चिया पत्तिको गुणस्तर वृद्धि गर्न सकिने उनीहरुको भनाइ छ । झापाका चिया किसान र उद्योगीका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले हरियो चिया पत्तिको गुणस्तरीय मापदण्ड सम्बन्धी तीन दिने अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । झापाको हल्दिबारी, पृथ्वीनगर र बाहुनडाँगीमा…
सुनसरी, २५ मंसिर । सुनसरीको बरहाक्षेत्र नगरपालिका(३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका(२ का ३५ बर्षीय हर्क बहादुर राई रहेका छन, उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । हिजो साँझ ६ बजे प्रदेश १(०२(०४३ प १७१, को।३८प ९२१० र को। १७ प ६९४४ नम्वरको मोटरसाईकलहरु आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बराहक्षेत्र(१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा–२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको धरान घोपामा…
झापा, २५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् । अब सेमिफाइनलको पहिलो खेलमा फाइनल प्रवेशको लागि मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।
झापा, २५ मंसिर । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो । खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका ओलीभरले गोल गरेर टीमलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि इङ्ग्याल्यान्डले…
भद्रपुर, २५ मंसिर । झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपूर्जा वितरण शुरु गरेको छ । विश्व मानवअधिकार दिवसको अवसर पारेर शनिबार नगरपालिकाले एक कार्यक्रमका बीच कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपूर्जा वितरण गरेको हो । नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकार भित्रकै एउटा अधिकार भएकाले दिवसकै सन्दर्भ पारेर जग्गा धनीपूर्जा वितरण गरिएको बताउनुभयो । कनकाई वडा नं. ८ थप ३० वटा र वडा नं. ५ को ९० वटा धनीपूर्जा तयार भइसकेको नगरप्रमुख पोखरेलले बताउनुभयो । नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपूर्जा वितरण गर्ने कार्यक्रम अन्तरगत नै नगरपालिकाले जग्गा धनीपूर्जा वितरण गरेको नगरप्रमुख पोखरेलले…
झापा, २५ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ । यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसाय बढाउन गरेको निर्णय हाललाई चार महिनाका लागि पछि सारिएको प्राधिकरणले जनाएको छ । गौतम बुद्व विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले यसअघिको प्राधिकरणको निर्णयमा केही परिवर्तन भए पनि हाल उडान गर्दै आएका र उडान…
झापा, २५ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब १ अर्ब रूपैयाँका उपकरणको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको छ । भन्सार जाँचपासका क्रममा मूल्यमा शंका लागेर सर्भर, ल्यापटप, सेल फोनलगायत उपकरण थप अनुसन्धानका लागि रोकेको विभागले जनाएको छ । प्राधिकरणले ती सामग्री दूरसञ्चारको ट्राफिक अनुगमन र चोरी नियन्त्रणका लागि खरिद गरेर ल्याएको हो। प्राधिकरणले खरिद गरेर ल्याएका सामानमा १ सय ९ वटा सर्भर छन् । खरिद गरिएका प्रतिसर्भरको मूल्य ७९ हजार ९ सय २० डलर भनिएको छ । एक डलरको सटही दर १ सय २८ रूपैयाँले हिसाब गर्दा एउटै सर्भरको मूल्य १ करोड २ लाख २९ हजार…
झापा, २५ मंसिर । त्रिभुवन विश्वविद्यालयले आफूमातहतका जिम्मेवार निकायका पदाधिकारी तथा व्यक्तिलाई यसअघि निःशुल्क दिएको मोबाइल सेट र सिमकार्डको दुरुपयोग भएको छ। दुरुपयोग बढेसँगै विश्वविद्यालयले अबदेखि कुनै पनि पदाधिकारी तथा व्यक्तिलाई यस्तो सुविधा नदिने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले २०७३ फागुन ११ गते विश्वविद्यालयमा नियुक्त बहालवाला पदाधिकारी, निकाय प्रमुख, प्रशासन महाशाखा प्रमुख तथा अन्य सावधिक पदमा नियुक्त व्यक्तिलाई मोबाइल सेट र सिमकार्ड दिने निर्णय गरेको थियो तर एक जनाले कतिवटासम्म मोबाइल सेट र सिमकार्ड किन्न पाउने भन्ने विषय भने बैठकले किटानी गरेको थिएन। यही सुविधाको मौका उठाउँदै एकै व्यक्तिले वर्षमा तीनवटासम्म मोबाइल सेट किन्ने गरेको त्रिविको आन्तरिक अध्ययनबाट…