
झापा, २५ मंसिर । नेपालमा विगत २६ वर्षको अवधिमा सन्तान जन्माउने दर घटेको एक सर्वेक्षणले देखाएको छ । सन् १९९६ देखि २०२२ सम्म आइपुग्दा महिलाले औसतमा २ जना सन्तान जन्माउने गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एकहजार महिलाहरूले ४.६ बच्चा जन्माएका थिए । अर्थात् दुई जना महिलाले ९ जना बच्चा जन्माउँथे । यस्तै, २००१ मा प्रति महिलाले बच्चा जन्माउने दर ४.१ थियो । अर्थात् औसतमा एक महिलाले ४ जना बच्चा जन्माउँथे । २००६ मा गरिएको सर्वेक्षणमा जन्मदर ३.१ प्रतिशत थियो भने सन् २०११ जन्मदर घटेर २.६ प्रतिशतमा पुग्यो । यस्तै, सन् २०१६ मा जन्मदर २.३ प्रतिशत पुग्दा २०२२ सम्म आइपुग्दा घटेर २.१ प्रतिशतमा झरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



