
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
गौरीगञ्ज, ६ मंसीर । झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी बजारमा आज दिउँसो बिउबिजनको व्यापार गरिरहेका ७२ वर्षीय सम्पतलाल राजवंशी अचानक चक्कर आएर बेहोस भएका थिए । उनीलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो । तर, साँझ ४ः३५ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ६ मंसीर । आज दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले मेचीपुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मेचीनगर–१२ नयाँ बस्तीका २७ वर्षीय सुनिल विश्वकर्माले मलद्वारभित्र प्लास्टिकका ७ पोका लुकाएर ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७७० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका विश्वकर्मालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
झापा, ६ मंसीर । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै भएको ठहर गर्दै आउँदो निर्वाचनमा भाग लिने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्नुहुँदै पार्टी प्रवक्ता प्रकासशरण महतले आउँदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता महतले निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन्जी आन्दोलनका क्रममा उठाइएका आवाजलाई संस्थागत रूपमा अगाडि बढाउन सकिन्छ भन्ने दृढ विश्वास रहेको पनि बताउनुभयो । यस्तै बैठकले निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको भन्दै तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन,…
झापा, ६ मंसीर । करेन्ट लगाएर माछा मार्ने क्रममा झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ । आज दिउँसो १२ः२० बजे गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको सिमानामा पर्ने रामचन्द्रे खोलामा करेन्ट लगाएर माछा मार्दा गौरादह ६ आरतीनगर बस्ने ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नो घरदेखि २०० मिटर उत्तर–पश्चिम रामचन्द्रे खोलामा घरको २२० भोल्ट लाइनको तार जोडी माछा मार्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । खोलामा मृत अवस्थामा उनकी श्रीमती फूलकुमारी ताजपुरियाले देखेर प्रहरीलाई खबर गरेकी थिइन् ।
झापा, ६ मंसीर । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन…
सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजाँदै गरेको १० किलोग्राम ५४० ग्राम गाँजासहित सिटी चालक हरिनगर–४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो । यता, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ बाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथि कानूनी कारबाही भइरहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
झापा, ६ मंसीर । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
झापा, ५ मंसीर । नेकपा (एमाले) का कार्यकर्ता र जेनजी युवाबीच बाराको सिमरामा चर्किएको विवाद साम्य पार्न स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच तीन बुँदे सहमति भएको छ । आज भएको वार्तापछि विवाद अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीको सुरक्षा, घाइतेको उपचार र घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो । योसँगै जारी धर्ना र प्रदर्शन फिर्ता लिन जेनजी समूह तयार भएको छ । बुधवार सिमरा विमानस्थल परिसरमा प्रदर्शन गरिरहेका युवामाथि एमालेका केही कार्यकर्ताले मुक्का प्रहार गरेपछि झडप भएको थियो । यसबीचमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइसकेको…
झापा, ५ मंसीर । सरकारले लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले परिषद सदस्यमा श्रेष्लाई नियुक्त गरेको जानकारी दिएका हुन् । यसैगरी बैठकले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल(बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौ बैठकमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जिवी चटौत नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए । बैठकले मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा…
बिर्तामोड, ५ मंसीर । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी चौकी केर्खाको पुनर्निर्माण तथा तत्काल सहज सेवा सञ्चालनका लागि झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल साकोसले राहत सहयोग हस्तान्तरण गरेको छ । आज संस्थाको केर्खा सेवाकेन्द्रमा आयोजित एक कार्यक्रमका बीच संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चौकीलाई अत्यावश्यक भौतिक तथा विद्युतीय सामग्रीहरू उपलब्ध गराइएको हो । सहयोग सामग्रीहरू केर्खा सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक सरस्वता सेढाइँ तथा अन्य पदाधिकारी र कर्मचारीको उपस्थितिमा प्रहरी कार्यालय केर्खाका प्रमुख शारदाप्रसाद पौडेललाई हस्तान्तरण गरिएको थियो । केर्खा सेवाकेन्द्र प्रमुख सुजन बुढाथोकीले ‘प्रहरी मेरो साथी’ भन्ने अभियानको मर्मलाई…