
झापा, २५ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा हुनुभएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईँ हाजिरी जमानीमा रिहा हुनुभएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो । शुक्रवार काठमाडौँबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईँलाई दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो ।

Facebook Comments Box

