jhapaonline add

झापा, ५ फागुन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौँ तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै रु पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै रु…

Read More

झापा, ५ फागुन । झापाको मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त हुनुहुन्छ । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उहाँले तोरीबाली रोज्नुभएको हो । हात्तीले नखाने भएकाले गाउँका पाखोबारीमा अचेल अन्नभन्दा बढी तोरी झुल्न थालेका उहाँको भनाइ छ । भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर–१, २, ३ र ४ सम्म फैलिएको सिङ्गो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न एउटै छ, ‘जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने ?’ अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्ती पाएका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउन सकिने वैकल्पिक कृषिकर्म बनेको छ । अन्यत्र…

Read More

झापा, ५ फागुन । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कर्णाली…

Read More

झापा, ५ फागुन । झापाको कनकाई नगरपालिकास्थित कन्काई पुलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई पुलको पश्चिमी भागतर्फ आज बिहान बम जस्तो शंकास्पद वस्तु देखिएको थियो । चारालीस्थित नेपाली सेनाको अरिदमन गणबाट आएको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो । राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनका चालक तथा यात्रुहरूले पुलको नजिकै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुलको प्रवेशद्वारमै शंकास्पद वस्तु फेला परेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सो क्षेत्रमा सवारी साधनको आवतजावत रोक लगाएको थियो । जसका कारण पुलको पूर्व–पश्चिमतर्फ सवारी साधन जाम भएको थियो । शंकास्पद वस्तु…

Read More

झापा, ४ फागुन । झापामा १६ औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा गौरादहस्थित जनता माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । आज विद्यालय पसिरमा आयोजित एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ वटै जिल्लामा आगामी वर्षदेखि राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन समारोहमा विभिन्न माध्यमबाट झापाको खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक एवम् सामाजिक संघ–संस्थालाई सम्मान पनि गरिएको थियो । खेलाडीको…

Read More

झापा, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका हुन् । “देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन”, अध्यक्ष लिङ्देनले भने, “देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् ।” उनले यस क्षेत्रमा उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र भविष्यमा त्यो पूरा गर्ने मतदातालाई आश्वासन दिए । सो…

Read More

बिर्तामोड, ४ फागुन । मच्छिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि उचालेको हो । उपाधिसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । एपिएफले भने ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । यो वर्षको नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिता झापा गोल्डकप हो । खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका प्रदिप बुढाथोकी घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।प्रतियोगिताको सर्वोत्कृष्ट…

Read More

झापा, ४ फागुन । झापा ५ मा उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओलीलाई जिताउन चक्रे मिलन (मिलन गुरुङ) झापा आइपुगेका छन् । गोर्खा २ मा उम्मेदवार बनेका गुरुङ आज दिउँसो ३ः६ बजे बुद्ध एयरद्वारा चन्द्रगढी विमानस्थल अवतरण गरी दमकतर्फ जान लागेका छन् । उनलाई लिन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन विमानस्थल गएका थिए । नगर प्रमुख गोम्देन र गुरुङ साथी भएको बताइएको छ । अर्जुनधारा नगरपालिकामा उम्मेदवार गुरुङलाई उपप्रमुख खड्गमाया पराजुलीलगायतका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका छन् । गुरुङले अर्जुनधारा नगरपालिकामा रहेको २ नं निर्वाचन क्षेत्रको निर्वाचन कार्यालय अवलोकन गरेका छन् । नगरपालिकामा खाना खाएपछि गुरुङसहितको टोली दमकतर्फ जाने…

Read More

झापा, ४ फागुन । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ । त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ…

Read More

झापा, ४ फागुन । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन तीन हजारले र चाँदी १२५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल चार हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन हिजो आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ८६० मा खरिद–बिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी…

Read More