jhapaonline add

झापा, २५ कात्तिक । एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रू ५८ लाख उठेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर रू ५८ लाख तीन हजार बराबरको टिकट बिक्री भएको हो । फाइनल खेलमा मात्र रू ३० लाख दुई हजार चार सयको टिकट बिक्री भएको उहाँले बताउनुभयो । “दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ”, उहाँले भन्नुभयो, “महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य छ, टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गर्छौं ।” प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । एपिएफलाई हराउँदै पुलिसले रू १० लाख १० हजार हात पारेको…

Read More

कनकाई, २५ कात्तिक । झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति ९ः१० बजे सुरुङ्गा पुलबाट टप्पु चोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र।१–०१–०१५ प ४२१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका–३ का ३३ वर्षीय दीपक सिटौला गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका सिटौलालाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा संलग्न ४२१० नम्बरको…

Read More

झापा, २५ कात्तिक । जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। भदौ २४ गते झापाको अनारमनी, सुरुंगा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि आक्रमणका घटना भएका थिए। उक्त घटनाको सीसीटीभी फुटेज, भिडियो र फोटोहरुको अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। पक्राउ पर्नेहरुमा विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, सोही वडाका २२ वर्षीय राजन चौधरी, सोही वडाका २० वर्षीय आयूष धिमाल, कनकाई–१ का ४२ वर्षीय गोपाल संग्रौला, कनकाई–३ का…

Read More

झापा, २५ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More

झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले…

Read More

झापा, २५ कात्तिक । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषी कार्यका लागि एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवे सहित विभिन्न मेसिन र सिस्टम उपकरणहरु बनाएका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमा तर्फ अध्यनरत अन्तिम बर्षका विद्यार्थीहरुले कृषी कार्य गर्दा धान काट्ने, दाई गर्ने, मल, पानी, छर्ने, जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरण सहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवे लगायत विभिन्न्न मेसिन र सिस्टम उपकरणहरु बताएका हुन । आइतवार मनोमोहन पोलिटेक्निकका ईलेक्ट्रिक ईन्जिनियरिङतर्फका विद्यार्थीहरुको समुहले बनाएको उक्त्त स्मार्ट फार्मिङ…

Read More

झापा, २४ कात्तिक । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान सिसिटिभी फुटेज, फोटो, भिडियो तथा साक्षीको आधारमा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत भदौ २४ गते दिउँसो करिब ४ बजे दमक–६ स्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा दमक–३ निवासी १९ वर्षीय रियाज सिलवाललाई कात्तिक २३ गते दिउँसो दमक–५ स्थित डिम्याक्स हल नजिकबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी, सोही दिनको घटनामा दुर्गा भगवती मन्दिरमा समेत तोडफोड, आगजनी गरी त्रिशुल बोकेर…

Read More

झापा, २४ कात्तिक । युकेमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर आएको छ। First Step Educational Consultancy को आयोजनामा बिर्तामोडमा “Meet Top UK Universities” शीर्षकको शैक्षिक मेला आयोजना हुँदैछ। कार्यक्रम नोभेम्बर ११ तारिख, दिउँसो २ बजेदेखि ५ बजेसम्म, पश्चिम लाइन (डा. प्रियांका क्लिनिक नजिकै) मा हुनेछ। कार्यक्रममा BPP University, University of Roehampton London, र University of the West of Scotland (UWS) का प्रतिनिधिहरूको उपस्थिति रहनेछ। सहभागी विद्यार्थीहरूले अन–द–स्पट एडमिशन गाइडेन्स, छिटो अफर लेटर, र £5,000 सम्मको छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। यस मेलामा सहभागीहरूले युकेको २ वर्षे पोस्ट–स्टडी वर्क भिसा, तथा साप्ताहिक २० घण्टासम्म पार्ट–टाइम काम गर्न…

Read More

झापा, २४ कात्तिक । नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन् । पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ । एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीका प्रशिक्षक हुन् । नेपाल सम्मिलित विश्व कप क्रिकेट लिग टु अन्तर्गत हालै सम्पन्न युएई त्रिकोणात्मक सिरिजमा अमेरिकाले सबै ४ खेल जितेको छ । अमेरिका लिग टु अंक तालिकाको शीर्ष स्थानमा छ । लेग स्पिनर सन्दीप लामिछाने विराटनगरका मार्की खेलाडी हुन् ।

Read More

भद्रपुर, २४ कात्तिक । प्रादेशिक अस्पताल भद्रपुरमा भएको तीन वटा छुट्टाछुट्टै चोरी घटनामा संलग्न तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। चोरीका घटनाहरू अस्पताल परिसरभित्र अक्सिजन पाइप र औषधी चोरीसँग सम्बन्धित छन् । गत कात्तिक ३ गते दिउँसो करिब २ बजे अस्पतालको पुरानो सर्जिकल वार्डको बाहिरी भागबाट किचन हुँदै गाइनो वार्डको ओपीटी र ओटी बाहिरसम्म अक्सिजन आपूर्ति गर्न जडान गरिएको तामाको पाइप चोरी भएको थियो । अनुसन्धानको क्रममा भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय रन्जित घोषलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, गत कात्तिक १८ गते दिउँसो गाइनो वार्डको पहिलो तलाबाट अक्सिजन पाइप चोरी गरिरहेको अवस्थामा…

Read More