
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ७ साउन । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहको आयोजनामा दुई दिवसीय नेतृत्व विकास सम्वन्धि प्रशिक्षण शुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा शुरु भएको प्रशिक्षणकोसंविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्घाटन गरेका छन् ।महिला उद्यामी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईको अध्यक्षतामा भएको प्रशिक्षणमा ४० जना भन्दा धेरै महिला उद्यमी व्यवसायीको सहभागीता रहेको थियो । कार्यक्रममा महिला उद्यमी समूहकी निर्वतमान अध्यक्ष तीलोतमा खत्रीले स्वागत गरेकी थिइन् ।कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने स्मार्ट लेडीकी अध्यक्ष यशोद उप्रेती, चित्रकला ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण लीला अनमोल र चित्रकला ओलीले गर्ने…
मोरङ, ७ साउन । मोरङको लेटाङ नगरपालिका–५ स्थित मदन भण्डारी लोक मार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । साउन ६ गते दिउँसो ON TEST सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटि चालक लेटाङ–४ का ३९ बर्षीय भिषण राई ,सिटिमा सवार ३२ बर्षीय जनम तामाङ, सुनसरी बराह क्षेत्रका २२ बर्षीत संदेश राई र ३० बर्षीय क्षितिज राई घाईते भएकोमा उपचारको क्रममा जनम तामाङको बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने सिटि चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
झापा, ७ साउन । झापा र सुनसरीबाट लागू औषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ६ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका– ७ स्थितबाट ३० बर्षीय सुनिल चापागाई ,नुवाकोट तादीका ३० बर्षीय मन कुमार दर्जी र निजको श्रीमती २६ बर्षीया शशी खत्रीलाई ब्राउनसुगर ३७ ग्राम ४९० मिलि ग्रामसहित नियन्त्रणमा लिएको हो । त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान–१३ की २८ बर्षीया पुष्पा राईलाई ५ सय ८० मिलिग्राम ब्राउन सुगरसहित उनकै कोठाबाट र धरान– १७ बाट ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४…
झापाा, ६ साउन । झापााको हल्दीवारी गाउँपालिका–४ मा आगलागी हुँदा चार जना घाइते भएका छन् । आज बिहान ८ः४० बजेको समयमा हल्दीवारी–४ स्थित ओली चोकका ६० वर्षीय पुन्यप्रसाद ओलीको घरमा रोटी पकाउने क्रममा ग्यासबाट अचानक आगो सल्किएको थियो । आगलागीमा परी घरधनी ओली, उनका छोराबुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका हुन् । उनीहरुको शरीरको विभिन्न भागमा आगोले जलेर घाइते भएका हुन् । ओलीको तीन तले घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो । सोही आगो निभाउने क्रममा उनीहरु घाइते भएको…
गर्मी मौसममा जुस तथा चिसो पेयपदार्थ पिउन सबैलाई मन पर्छ र यसले शितलता महसुस गराउँछ । त्यस्तै गर्मी मौसममा उँखुको जुस पिउँदा पनि शरीरलाई फाइदा जनक हुन्छ । यो एक स्वादिष्ट र मिठो पेय पदार्थ पनि हो । यसका फाइदाहरु ः १. उखुको रस सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ । २. यसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ । ३. यसमा प्रशस्त मात्रामा पानीको मात्रा हुने भएकाले पिसाव सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । ४. यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका…
काठमाडौं, ६ साउन । काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो। उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन्। उनीहरू बसेको होटलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए। ‘सुन बरामद भएको छ। उनीहरूले कसरी ल्याए भनेर बोल्न मानेका छैनन्। थप अनुसन्धानको क्रममा…
काठमाण्डौ, ६ साउन । अण्डाको भाउ अहिलेसम्मकै उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आजदेखि लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट ३० वटाको पाँच सय २५ रुपैयाँ कायम गरिएको छ । मध्यमको चार सय ९५ रुपैयाँ कायम छ । चितवनलाई आधार मानी दररेट तय गरिएको हो । देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट) को तीन हजार…
एजेन्सी, ६ साउन । बङ्गलादेशको राजधानी ढाकाको एक विद्यालयमा वायु सेनाको लडाकू विमान खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । दुर्घटनामा एक सय ७१ जना घाइते भएका छन् । यो बङ्गलादेशमा विगत केही वर्षको सबैभन्दा भीषण हवाई दुर्घटना हो । स्थानीय समय अनुसार हिजो १ बजेर १८ मिनेटमा ढाकाको उत्तर भागमा रहेको ‘माइलस्टोन स्कूल एण्ड कलेज’ को भवनमा बङ्गलादेश एअर फोर्सको सेभेन जेट विमान खसेको हो । सीएनएनका अनुसार यान्त्रिक गडबडीका कारण विमानले नियन्त्रण गुमाएको थियो । पाइलटले जनघनत्व कम भएको क्षेत्रतर्फ मोड्ने प्रयास गरे पनि विद्यालयमा खस्न पुगेको थियो । दुर्घटनाबारे विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख…
काठमाण्डौ, ६ साउन । जिम्बावेमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल हरारेमा बेलुकी पौने ५ बजे शुरू हुनेछ । यी दुवै टोली फाइनलमा पुगिसकेका छन् । न्युजिल्यान्ड २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । घरेलु टोली जिम्बावे ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । त्रिदेशीय टी–२० शृङ्खलाको फाइनल खेल आउँदो शनिवार हुनेछ । त्यसअघि लिग चरणको अन्तिम खेलमा पर्सि बिहीवार जिम्बावे र न्युजिल्यान्ड खेल्नेछन् ।
झापा, ६ साउन । स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो। महासंघले जारी गरेको मूल्य सूचीअनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रूपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रूपैयाँ पुगेको थियो। मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८७ डलर पुगेको छ। चाँदीको मूल्य…