झापा, ७ साउन । झापा र सुनसरीबाट लागू औषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन ६ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका– ७ स्थितबाट ३० बर्षीय सुनिल चापागाई ,नुवाकोट तादीका ३० बर्षीय मन कुमार दर्जी र निजको श्रीमती २६ बर्षीया शशी खत्रीलाई ब्राउनसुगर ३७ ग्राम ४९० मिलि ग्रामसहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान–१३ की २८ बर्षीया पुष्पा राईलाई ५ सय ८० मिलिग्राम ब्राउन सुगरसहित उनकै कोठाबाट र धरान– १७ बाट ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेटसहित सोहि स्थानका २७ बर्षीय अन्जान विश्चकर्मालाई अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


