मोरङ, ७ साउन । मोरङको लेटाङ नगरपालिका–५ स्थित मदन भण्डारी लोक मार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
साउन ६ गते दिउँसो ON TEST सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटि चालक लेटाङ–४ का ३९ बर्षीय भिषण राई ,सिटिमा सवार ३२ बर्षीय जनम तामाङ, सुनसरी बराह क्षेत्रका २२ बर्षीत संदेश राई र ३० बर्षीय क्षितिज राई घाईते भएकोमा उपचारको क्रममा जनम तामाङको बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने सिटि चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box


