jhapaonline add

झापा, १४ असोज । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर…

Read More

झापा, १४ असोज । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई…

Read More

झापा, १४ असोज । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष वडा दसैँमा टीका तथा जमरा नलगाउने भएकी छन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयले यसबारे जानकारी गराइएको हो । सचिवालयले भनेको छ, ‘हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ । त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ ।’

Read More

झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ । सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको…

Read More

झापा, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गर्नुभएको छ । मुख्य सल्लाहकारअजयभद्र खनाल ‘द हिमालयन टाइम्स’का पूर्व सम्पादक खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त गरिएको छ । सल्लाहकार तथा प्रमुख स्वकीय सचिवआदर्शकुमार श्रेष्ठ समाजशास्त्रमा स्नातकोत्तर र कानुन संकायमा अध्ययनरत श्रेष्ठले तीनजना प्रधान न्यायाधीशहरू — रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्की — का निजी सहायकका रूपमा काम गरिसक्नुभएको छ। जनसम्पर्क सल्लाहकारगोविन्दनारायण तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष तिमिल्सिना जनसम्पर्क सल्लाहकारमा नियुक्त हुनुभएको हो। उक्त संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो।

Read More

झापा, १३ असोज । दसैँ पर्वलाई लक्षित गर्दै तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ आज फूलपातीको दिनदेखि नेपालभर प्रदर्शनमा आएका छन्। ‘माइतीघर’तामाङ संस्कृतिमा आधारित सामाजिक विषयवस्तुमा निर्माण गरिएको यो चलचित्र मिलन तामाङको निर्देशनमा तयार भएको हो। केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारको अभिनय रहेको चलचित्रले पुरानो मर्मलाई नयाँ परिवेशमा प्रस्तुत गरेको निर्माता रोहित अधिकारीले जानकारी दिनुभयो। ‘हरिबहादुरको जुत्ता’हरिवंश आचार्यद्वारा लेखिएको र दीपेन्द्रकुमार खनाल निर्देशित चलचित्रमा चर्चित पात्र ‘हरिबहादुर’को भावनात्मक यात्रा प्रस्तुत गरिएको छ। चलचित्रले सामाजिक–राजनीतिक यथार्थ र युवापुस्ताको मुद्दालाई समेटेको छ। स्वस्तिमा खड्का, प्रियङ्का कार्की, प्रकाश सपुतलगायत कलाकारको अभिनय रहेको छ। ‘बलिदान’निर्देशक सन्तोष सेनको…

Read More

दमक, १३ असोज । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुनः स्थापित गरिएको छ । पुनः स्थापित गरिएसँगै प्रहरीहरू काममा फर्किएका छन् । आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरूलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईँले बताउनुभयो । प्रहरीहरूलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापालगायतले स्वागत गरेका थिए । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरूमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारहरूसमेत लुटिएको थियो । लुटिएका हतियारलगायत सामानहरू अझै फिर्ता नभएको प्रहरीको भनाइ…

Read More

झापा, १३ असोज । जेनजी आन्दोलनका क्रममा घाइते भएका थप एक व्यक्तिको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार, यससँगै जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ। पञ्चकन्या गाउँपालिका–२ निवासी लक्ष्मण राईको उपचारका क्रममा गएराति १२ बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। प्रहरीका अनुसार, “राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थप एकजनाको निधन भएको छ। कुल मृतक संख्या ७६ पुगेको छ।” प्रदर्शनका क्रममा गम्भीर घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर भर्ना गरिएको थियो। उहाँको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, हाल पनि विभिन्न अस्पतालमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार…

Read More

झापा, १३ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६९ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १३ पैसा…

Read More

झापा, १३ असोज । नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक९डिआइजी०लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।

Read More