
झापा, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गर्नुभएको छ ।
मुख्य सल्लाहकार
अजयभद्र खनाल ‘द हिमालयन टाइम्स’का पूर्व सम्पादक खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त गरिएको छ ।
सल्लाहकार तथा प्रमुख स्वकीय सचिव
आदर्शकुमार श्रेष्ठ समाजशास्त्रमा स्नातकोत्तर र कानुन संकायमा अध्ययनरत श्रेष्ठले तीनजना प्रधान न्यायाधीशहरू — रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्की — का निजी सहायकका रूपमा काम गरिसक्नुभएको छ।
जनसम्पर्क सल्लाहकार
गोविन्दनारायण तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष तिमिल्सिना जनसम्पर्क सल्लाहकारमा नियुक्त हुनुभएको हो। उक्त संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो।
Facebook Comments Box



