
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ९ असोज । झापाको बिर्तामोड नगरपालिका–७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बिर्तामोड–७ का २७ वर्षीय साहिल मोहम्मद मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मियालाई हात्तीले आक्रमण गरेर मारेको अवस्थामा आज बिहान ६ः२० बजे स्थानीयबासी देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गुल्मी, ९ असोज । गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए । उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार…
झापा, ९ असोज । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो । गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । आव २०८१–८२ को पहिलो दुई महिनाको अवधिमा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ७५ करोड तीन…
झापा, ९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां…
झापा, ९ असोज । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको केही तथा कोशी, मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको…
काठमाण्डौ, ८ असोज । लगातार दुई कारोबार दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८९ अङ्कले घटेर २ हजार ६ सय ५४ दशमलव ३५ विन्दुमा झरेको छ । आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर २ दशमलव १६ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ९३ वटा कम्पनीको शेयर घटेकोमा ५३ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माथिल्लो मैलुनखोला…
दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरू ‘हरिबहादुरको जुत्ता’ , ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् । यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन (असोज १३) देखि नेपालसँगै विदेशमा समेत प्रदर्शन हुने जनाइएको छ । चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गर्नुभएको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् । सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ लाई…
झापा, ८ असोज। झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०७ गते बिर्तामोड नगरपालिका ५ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय मुस्ताज मुस्लिम र बिर्तामोड ६ का २६ बर्षीय समिर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका १ का ३३ बर्षीय हर्क बहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका ११ का २६ बर्षीय बिरेन्द्र लिङ्देनलाई…
झापा, ८ असोज । झापाको बिर्तामोड नगरपालिका ७ का ३६ बर्षीय फुर्बा तामाङको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड ७ का २८ बर्षीय प्रेम कुमार राई र ३३ बर्षीय राम कुमार राई रहेका छन । असोज ७ गते बिहानको राती आफ्नै घरमा रहेका तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट घटनास्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न दुई जनालाई घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको हो । मृतक लासको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ भने हत्यामा…
झापा, ८ भदौ । लागुऔषधसहित झापामा दुई व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले असोज ७ गते दुई फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पहिलो घटना साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल नजिक भएको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतको पानीट्याङ्कीबाट भाडाको सिटी सफारीमा आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ का २६ वर्षीय वीरेन्द्र लिङ्देनलाई शंका लागि सोधपुछ तथा शरीर तलासी गर्दा खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ १ ग्राम ३३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ। उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेको छ। त्यसैगरी, सोही दिन दिउँसो ४ः२० बजे दमक नगरपालिका–६ बसपार्कस्थित सडकमा…