झापा, ९ असोज । झापाको बिर्तामोड नगरपालिका–७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट बिर्तामोड–७ का २७ वर्षीय साहिल मोहम्मद मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
मियालाई हात्तीले आक्रमण गरेर मारेको अवस्थामा आज बिहान ६ः२० बजे स्थानीयबासी देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


