
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ७ असोज । आज देशभरका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा कोसी प्रदेश, मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड भूभागका तथा तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कोसी प्रदेश र बागमती प्रदेशको पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यसैगरी, आज राति देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। यस क्रममा देशका पहाड भूभागका थोरै…
बिर्तामोड, ६ असोज । झापाको बिर्तामोड–४ बाट प्रकाशन हुँदै आएको शब्दपत्र डटकम अनलाइन न्यूज पोर्टले ५ औं स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गरेको छ । शब्दपत्रले आज (सोमवार) अर्जुनधारा–५ स्थित पानीकलको वागेडाँगी सामुदायिक विकास केन्द्रको परिसरमा पाँचौ स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा बिभिन्न जातका फलफूलका पाँच वटा विरुवा रोपेको हो । शब्दपत्रले आँप, लिचि, अम्बकलगायतका पाँच परिकारका फलफुलका विरुपा रोपेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, शब्दपत्र प्रकाशन प्रालिका अध्यक्ष बालकृष्ण गिरी, प्रालिका सञ्चालक पार्वता गिरी, उमेश भारती, तारा दुलाल, अर्जुन गिरी, सम्पादक तथा प्रकाशक उद्धव पुरी, सल्लाहकार वासु दुलाल, खड्गराज गिरी, इन्द्रमणि पौडेल,…
झापा, ६ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आज चौथो इकाइगत साधारण सभा सम्पन्न भएको छ । झापाको कनकाईमा आज संस्थाको १५ औँ साधारण सभा अन्तर्गत चौथो इकाइगत सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुभाष भट्टराईले इकाइगत साधारण सभाको उद्घाटन गर्नुभएको थियो । इकाइगत साधारण भामा १० जनालाई सम्मान गरिएको छ। कार्यक्रममा पाँच जना उत्कृष्ट बचतकर्ता र पाँच जना उत्कृष्ट ऋणीलाई सम्मान गरिएको हो । उत्कृष्ट बचतकर्तातर्फ विष्णुप्रसाद दाहाल, प्रदिपकुमार दास, रविन रसाइली, तेजबहादुर प्रधान र सोमबहादुर लिम्बुलाई सम्मान गरिएको छ । त्यस्तै, उत्कृष्ट ऋणीतर्फ निरमाया राई, चित्रमान रसाइली, आशाकुमारी चौधरी, मनिष…
झापा, ६ असोज । झापा जिल्ला अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने अदालत प्रशासनले जनाएको छ । अदालतका सेस्तेदार उपसचिव डिल्लीराम प्रसाइले हस्ताक्षर गरेको अदालतको सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना…
झापा, ६ असोज । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर दुई लाख १७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि भदौ ३१ गते सुनको भाउ दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने सुनको भाउ घट्दै आएकोमा आज बढेको हो । यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
झापा, ६ असोज । झापा गाउँपालिका–३ झाँसीमा एक हृदयविदारक घटना घटेको छ। स्थानीय मान बहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जी असोज ५ गते दिउँसो २ बजे अचानक हराइ बेपत्ता भएकी थिइन्। परिवारजन तथा स्थानीयवासीले खोजतलास गर्दा पनि फेला नपरेपछि प्रहरीलाई जानकारी गराइएको थियो। खोजीको क्रममा असोज ६ गते बिहान ७ः१० बजे बालिका घर नजिकै रहेको सानो माई खोलामा डुबेको अवस्थामा मृत फेला परेकी हुन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृत शरीरलाई पोष्टमार्टमका लागि प्रदेशिक मेचि अस्पताल पठाइएको छ।
कोकिला ढकालइलाम, ६ असोज । इलाम नगरपालिका –१ साँखेजुुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले ४० वर्षीया पत्नी टीका मुखियालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । बायाँ हात र टाउकोमा चोट लागेकी मुखियालाई रक्से प्रहरी चौकीको टोलीले उद्धार गरी उपचारका लागि इलाम अस्पताल पठाएको छ । इलाममा उपचार हुुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको अस्पतालका अधिकारीको भनाइ छ । पत्नीलाई खुकुरी प्रहार गरी फरार भएका प्रकाशचन्द्रको भने खोजी गर्ने क्रममा घर नजिकै रुखमा झुुण्डिएर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बिहान ११ बजे भएको घटनापछि अहिले घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी टोली त्यसतर्फ…
काठमाडौं, ६ असोज । मुलुकको संघीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६…
चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो १ देखि ३ बजेसम्म बन्द गरिने भएको छ । यस सडक खण्डको तुइन खोलामा गएको पहिरो पूर्ण रूपमा पन्छाउनका लागि दिउँसो सडक बन्द गर्न लागिएको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ । इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो । आइतबार साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको भए पनि रातको समयमा सडक बन्द गरिएको थियो । पहिरोका कारण सडक रोकिएपछि अलपत्र परेका यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा खाद्यान्न वितरण…
बिर्तामोड, ६ असोज । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको शब्दपत्र डटकम अनलाइन न्यूज पोर्टल सफतापूर्वक ५ औं वर्ष प्रवेश गरेको छ । २०७७ सालदेखि सञ्चालनमा आएको शब्दपत्र डटकम अनलाइनले २०७८ भदौ १० गते शब्दपत्र प्रकाशन प्रालिको नाममा आधिकारिक कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको थियो । स्थानीय समाचार तथा सूचनालाई प्राथमिकता दिदै आएको शब्दपत्रले विभिन्न आरोह अवरोह पार गर्दै आजदेखि सफलतापूर्वक चौथो वर्ष पूरा गर्दै पाँचौं वर्षमा प्रवेश गरेको छ । शब्दपत्रले प्रत्येक वर्षको घटस्थापनाको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । यस पाँचौं वर्ष प्रवेशसम्म ल्याउन साथ, सहयोग, सल्लाह सुझाव दिनुहुने सञ्चालकहरु, सल्लाहकारहरु, अग्रज तथा समकालीन पत्रकार…