झापा, ६ असोज । झापा गाउँपालिका–३ झाँसीमा एक हृदयविदारक घटना घटेको छ। स्थानीय मान बहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जी असोज ५ गते दिउँसो २ बजे अचानक हराइ बेपत्ता भएकी थिइन्।
परिवारजन तथा स्थानीयवासीले खोजतलास गर्दा पनि फेला नपरेपछि प्रहरीलाई जानकारी गराइएको थियो। खोजीको क्रममा असोज ६ गते बिहान ७ः१० बजे बालिका घर नजिकै रहेको सानो माई खोलामा डुबेको अवस्थामा मृत फेला परेकी हुन्।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृत शरीरलाई पोष्टमार्टमका लागि प्रदेशिक मेचि अस्पताल पठाइएको छ।
Facebook Comments Box


