jhapaonline add

भद्रपुर, ६ पुस । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् । भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले बताए । उनले भने, ‘उहाँको श्रीमान् विदेशमा समस्या हुनु हुँदो रहेछ, उद्धार गरिदिन भन्दै हिँडिरहनु भएको रहेछ । शुक्रबार नगरपालिका पुगेर पेट्रोल छर्किएपछि उद्दार गरेका छौं ।’ भद्रपुर नगरपालिका–८, फुलबारी टोल बस्ने खातुलका श्रीमान् अकवर २८ असोजमा दुबई गएका थिए । त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम…

Read More

लस एञ्जलस, ६ पुस । अमेरिकी अभिनेता भिन डिजेलमाथि एक जना पूर्व सहायकले यौन दूरव्यवहारको आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै डिजेलको पूर्व व्यक्तिगत सहायक एस्टा जोनासोनले उनीमाथि मुद्दा हालेकी छिन् । अभिनेताले गलत तरिकाले आफूसँगको करार रद्द गरेको मामिलामा पनि उनले मुद्दा हालेकी छिन् । आफूमाथि दूरव्यवहार गरेको केही घण्टाभित्रै डिजेलको कम्पनीले आफूलाई कामबाट निकालेको उनको भनाई छ । मुद्दा बिहीबार लस एञ्जलसमा दायर भएको छ । यो घटना फाष्ट फाइभको शूटको दौरान अटलान्टाको सेन्ट रेगिज होटेलमा भएको बताइएको छ । यो घटनाको केही घण्टाभित्रै डिजेलकी बहिनी सामन्था…

Read More

काठमाण्डौ, ६ पुस । सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सदुपयोग हुनुपर्ने बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले विदेशी सङ्घ–संस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढिरहेको भन्दै यसको निगरानी हुनुपर्ने बताउनुभयो । उहाँले वैदेशिक सहयोगको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आमनागरिकको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले विदेशी सङ्घ–संस्थाहरूले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोग गर्ने क्रम बढिरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो कि होइन, यसको बारेमा विश्लेषण गर्ने, त्यसलाई प्रणालीमा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्त्व के छ भन्नेबारेमा धेरै बहस छलफल नै हुँदैन…

Read More

सुनसरी, ६ पुस । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गेरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली ९जिआईएस०मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गत असोज अन्तिम साता चार्ज गरिएको थियो । उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो । पूर्व(पश्चिम विद्युत् आपूर्ति र…

Read More

काठमाडौं ६ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो । कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी बेगमले समान ४१ रनको योगदान गरे । अप्सरी आउट भए पनि काजल नट आउट रहिन् ।टिमलाई जितका लागि २ रन चाहिएको अवस्थामा १९ औं ओभरको पहिलो बलमा बागमतीकी कप्तान अस्मिना कर्मचार्यलाई छक्का प्रहार गर्दै काजोलले कोशीलाई जित दिलाएकी हुन् । ४ रन बनाउँदा ओपनर रुबिना क्षेत्रीलाई गुमाएको कोशीका यी २ ले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । १८ औं ओभरको…

Read More

एजेन्सी, ६ पुस । आफ्नो सम्बन्ध बलियो होस्, सुमधुर होस् भनेर त हरेक व्यक्तिले चाहेका हुन्छन् । तर कहिलेकाँही स्थिति चाहेकोभन्दा अलग भइदिन्छ । कयौँ सम्बन्ध आपसी झैँ–झगडा र मनमुटाबको चपेटामा परेर समाप्त हुन्छन् । सम्बन्धलाई हराभरा राख्ने कुनै सर्वमान्य सूत्र हुन्न । हरेक सम्बन्धलाई जोगाइराख्न समय र साथ र विश्वासको मलजल चाहिन्छ । पछिल्लो समय विश्वभर सम्बन्ध विच्छेदका मामिलाहरू तीव्र गतिमा बढिरहेका छन् । प्रेम सम्बन्ध बिहेसम्म पुग्नु अगावै टुटिरहेका छन् । हालै भएको एउटा अनुसन्धान चाहिँ सम्बन्ध जोगाउने मामिलामा सहायक साबित हुने देखिएको छ । अमेरिकामा मनोवैज्ञानिकहरूको एउटा समूहले माया प्रेमलाई सधैँ जवान राख्न एउटा सूत्र खोजेका छन्…

Read More

झापा, ६ पुस । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन् । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै थिए । सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत भएको बताए । बुद्धशान्ति–१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ । जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए । धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो । जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण…

Read More

काठमाडौँ, ६ पुस । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । दशरथ रङ्गशाला मैदानमा आज हुने पहिलो खेलमा धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । त्यसैगरी आजै साँझ पाँच बजेबाट सुरु हुने दोस्रो खेलमा एफसी चितवनले झापा एफसीको सामना गर्नेछ । यसअघि हिजो भएको खेलमा वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गरेको थियो । वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । त्यस्तै पराजित…

Read More

काठमाडौँ, ६ पुस । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो । तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २६ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदनसामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक…

Read More

काठमाडौँ, ६ पुस । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलो ९इन्डक्सन० को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग्यासको खपतमा कमी आएको जानकारी दिए…

Read More