jhapaonline add

झापा, १५ असार । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियाविरुद्ध ऐतिहासिक प्रदर्शन गर्दै रनको पहाड खडा गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र ५ विकेट गुमाउँदै ४२० रनको विशाल योगफल तयार गर्‍यो। नेपालका लागि प्रसिद्ध जैसीले उत्कृष्ट शतक प्रहार गर्दै ११४ बलमा १५ चौका र १ छक्का सहित १३२ रन बनाए। उनलाई रौनक श्रीवास्तव (८८ रन) र जोय थापा (५७ रन) ले अर्धशतकीय साथ दिए। पारीको अन्त्यतिर परिमार्जन यादवले २८ बलमा ४ चौका र ८ छक्काको मद्दतले तुफानी ७१ रन जोडेपछि नेपालले ४०० रन नाघ्न सफल भयो। अब इन्डोनेसियालाई जितका लागि…

Read More

झापा, १५ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी…

Read More

झापा, १५ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताउनुभएको छ । धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालेले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो । उहाँले सहकारीमार्फत साना किसानलाई बजारको सहज पहुँच प्रदान गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले आफ्नो सन्देशमा भन्नुभएको छ, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो ।” नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशतभन्दा…

Read More

कञ्चनपुर, १५ असार । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । “महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ”, उहाँले भन्नुभयो, “शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।” यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ ।

Read More

ताप्लेजुङ, १५ असार । ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवाको निधन भएको छ । शनिबार आफ्नै निवासमा उहाँको निधन भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले जानकारी दिनुभयो । २०७९ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका साँवाको दुवै मिर्गौलामा समस्या रहेको परिवारको भनाइ छ । उहाँलाई केही समयअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले घरमै आराम गर्ने गरी पठाएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष हुनुभन्दा पहिले उहाँ शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो ।

Read More

झापा, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा…

Read More

झापा, १५ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ । महाशाखाले बिहान ६ बजे जारी वर्षाबारे जानकारी दिएको हो । महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना छ। त्यस्तै, आज…

Read More

बिर्तामोड, १४ असार । झापाको बिर्तामोडमा पत्रकार आचारसंहिता जागरण तथा स्थानीय तह रिर्पोटिङ बहस सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र प्रेस काउन्सिल नेपालको सहकार्यमा आयोजित प्रशिक्षणमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँले र प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले सहजीकरण गरेका थिए । पत्रकारितामा देखिएको विकृति र त्यसलाई रोक्दै विश्वसनिय बनाउन पत्रकारले खेल्नुपर्ने भूमिकाका विषयमा पूर्वकेन्द्रिय अध्यक्ष गाउँलले प्रशिक्षण दिएका थिए । उनले पत्रकारितालाई जिम्मेवार बनाउनुपर्ने धारणा ब्यक्त गरे । प्रेस काउन्सि नेपालका मुख्य अधिकृत भुषालले पत्रकारले प्रकाशन तथा प्रशारण गरेका…

Read More

झापा, १४ असार । झापामा चालू आर्थिक वर्ष सवारी दुर्घटनामा परी ८३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा १७ सय बढी सवारी दुर्घटना हुँदा ८३ जनाले ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी मृत्यु हुने अधिकांश मोटरसाइकल चालक रहेका छन् । यसैबीच, ट्राफिक सचेतना र सडक सुरक्षा सम्बन्धी ज्ञान विद्यालय स्तरसम्म पुर्याउने उद्देश्यले आज बिर्तामोडका सबै विद्यालयका प्रधानाध्यापक तथा सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रशिक्षण प्रदान गरिएको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँगको सहकार्यमा अन्तु मिडिया प्रालिले शिक्षकलाई प्रशिक्षण प्रदान गरेको हो । कार्यक्रमका प्रमुख…

Read More

शिवसताक्षी, १४ असार । झापाको शिवसताक्षीमा कृत्रिम बौद्धिमता (एआई) तालिम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रालिको समन्वयमा शिवसताक्षीको दूधे एक दिवसीय कृत्रिम बौद्धिमता तालिम सम्पन्न भएको हो । शिवसताक्षी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाउन कम्प्युटर शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो । तालिमको उद्घाटन गर्दैै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रविधिको विकासँगै आएका सुविधाहरु प्रयोग गरेर आफुलाई दक्ष बनाउन सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो । उहाँले शिक्षकहरु अब अनिवार्य रुपमा डिजिटल युगसँग अनिवार्य जोडिनु पर्नेमा जोड दिनुभयो । त्यस्त शिवसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले तालिमबाट सिकेको ज्ञानले शिक्षकहरुलाई शिक्षण पेशामा भरपुर सहयोग पुग्ने अपेक्षा…

Read More