
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३२ असार । सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
झापा, ३२ असार । नेकपा (माओवादी केन्द्र) का नेता रामचन्द्र कुशवाहाको निधन भएको छ। महोत्तरीको गौशाला निवासी कुशवाहाको उपचारको क्रममा गएराति काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो। ७० वर्षीय कुशवाहा विगत ६ महिनादेखि क्यान्सर रोगबाट पीडित थिए। पञ्चायत कालदेखि नै माओवादीको किसान मोर्चामा सक्रिय रहेका उनी माओवादी निकट केन्द्रीय सहकारी विभागका सदस्य तथा अखिल नेपाल किसान संघ ९क्रान्तिकारी केन्द्र० का केन्द्रीय सचिवालय सदस्य थिए। साथै, कुशवाहा जिल्ला सहकारी संघ महोत्तरी, जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार तथा माओवादीको केन्द्रीय उखु उत्पादक सहकारी संघका अध्यक्षसमेत थिए। उनले जलेश्वर अस्पतालको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए। उनको निधनप्रति माओवादी केन्द्रका नेताहरू गिरिराजमणि…
झापा, ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा हेरफेरको तयारी गरिरहेका छन्, जसमा केही मन्त्री हटाएर नयाँ नियुक्त गर्ने गृहकार्य भइरहेको छ। हालको मन्त्रिपरिषदमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९अशोक राई०, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधित्व छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल प्रकरणमा मुछिएपछि राजीनामा दिए, र त्यसपछि एमालेकी भगवती न्यौपानेलाई मन्त्री नियुक्त गरिएको छ। जसपाका नवलकिशोर साह सुडीलाई हटाउने तयारी भइरहेको छ भने रञ्जु झालाई मन्त्री बनाउने प्रयास भइरहेको छ। बुधबार थप मन्त्रीहरूको शपथ हुन सक्ने सम्भावना छ। प्रधानमन्त्री ओलीले एक वर्ष पूरा गरेका छन्, र मन्त्रिपरिषदमा रहेका केही…
चितवन, ३२ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिक गएराति एक भारतीय मिनी ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको छ। मङ्गलबार राति साढे १० बजे भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मेवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको मिनी आईचर ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा भारतको लखनउ निवासी २१ वर्षीय चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन्। दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ट्रक आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनाबारे थप…
चितवन, ३२ असार । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।
पाँचथर, ३२ असार । एक दशकअघि तमोर कोरिडोरको ट्र्याक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालोपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्र्याक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्र्याक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्र्याक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । यसको असर सिँचाइ आयोजनामा परेको छ । स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार सिँचाइ योजना मर्मतको…
झााप, ३२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा…
झापा, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमले पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।
बिर्तामोड, ३१ असार । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो । नेकपा एमाले बिर्तामोड इञ्चार्ज अम्बिर कुमार लिङदेन ११ हजार, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई ११ हजार र पार्टीका बिर्तामोड ५ का उपसचिव एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडको उपाध्यक्ष उपेन्द्र बानियाँले ५ हजार १ सय रुपैयाँ रकम कोषलाई…
बिर्तामोड, ३१ असार । साहित्य चौतारी बिर्तामोड झापा नेपालको २६ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ । संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ अभिनेता टंक शर्मा गौतमको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले औचित्यसहित संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका तत्कालिन सचिव डिकमान बिरहीले रचना गरेको स्वागत गीत गाएर स्वागत गरिएको कार्यक्रममा मनिषा भट्टराईले गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा चर्चित देउडा गायक तथा वरिष्ठ सर्जक नन्दकृष्ण जोशी र उनकी श्रीमती प्रार्थना खनाललाई भिपधज साहित्य चौतारी वर्ष संगीत विशिष्ठ…