
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सिन्धुलीमाढी, १८ साउन । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित कार सुनकोशी नदीमा बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी नदीमा बेपत्ता भएको कारभित्र चार जना रहेको खुलेको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुबाहक बसले बिहान करिब ११ः३० बजे कारलाई ठक्कर दिँदा कार सडकबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरिक्षक बिजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । कार र बेपत्ता यात्रुको खोजी जारी रहेको…
काठमाडौँ, १८ साउन । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ । आज राति…
झापा, १८ साउन । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२÷८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो । भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२÷८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१÷८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो । परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट रु ६३ करोड ९६ लाख ८९…
झापा, १८ साउन । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८०० र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । आज सुन ८०० बढेर २ लाख ८४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
झापा, १८ साउन । झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। आज बिहान करिब ६ः३० बजे दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे।१।च।५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेका कनकाई नगरपालिका–४ निवासी अन्दाजी ७०–७५ वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा शिवाकोटीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो। प्रहरीका अनुसार बिहान ७ः५० बजे अस्पतालमा चिकित्सकले परीक्षण गर्दा शिवाकोटीलाई मृत घोषणा गरेका…
राजेश ढुंगानानउदाउनेसूर्यका आशामामैलेछट्पटाएरसिङ्गै एउटा अनिदो रातकटाएको छुरातभरिजाग्राम बसेरमैले खोजेको बिहानको सूर्यनउदाउँदै किन यसरीअस्ताएको छ ? मेरो माटोमासधैँ अन्धकार छमेरो देशमासधैं महाप्रलय छयो सत्य बिर्सँदैमसूर्य उदाउने विश्वासमा छु । केउदाउला त त्योमेरो चम्किलो सूर्य ?म यतिबेला पनित्यही आशामाजीवित बसेको छु – मरेर ।– भद्रपुर, झापा
झापा, १८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर…
झापा, १८ साउन । यस वर्षको साउनको तेस्रो सोमबार आज बिहानैदेखि झापासहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । बिहानदेखि नै झापाको अर्जुनधारा जलेश्वरधाम, कोटीहवन, सताक्षीधाम लगायतका मन्दिरमा साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका छन् ।
झापा, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजलरमट्टीतेलमा ५ रूपैयाँ बढेको छ । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।
झापा, १८ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चि प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको…