jhapaonline add

झापा, ९ चैत । विश्व खुशी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुशी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुशी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुुशीको सुचांकमा नेपालले ९३ औं स्थान प्राप्त गरेको हो । उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्टे«लिया छन् । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुशी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ । उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क…

Read More

झापा, ९ चैत । झापाको दमक नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक–५ का ४४ वर्षीय यादव राई र दमक–८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक–५ स्थित यादव राईको घर कोठामा लागुऔषध बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घर कोठामा चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई लागू औषध र नगदसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

कर्णाली, ९ चैत । चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो । तीनवटै प्रतिष्ठानका सहकुलपति उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस र न्याम्ससँग, बिपिकेआईएचएसले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बिपिकेआईएचएससँग सम्झौता गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए । अब तीनवटै प्रतिष्ठानबीच विद्यार्थी तथा अध्यापक आदानप्रदान हुने बताउँदै उनले भने, “शैक्षिक कार्यक्रम सञ्चालनका लागि सुगमको तुलनामा दुर्गममा गाह्रो हुन्छ तर…

Read More

भद्रपुर, ८ चैत । अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर आज प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेकपा एमालेनिकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, भद्रपुर नगर कमिटीको आयोजनामा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । समाजले अस्पताल परिसरमा संक्षिप्त कार्यक्रम गरेपछि बिरामीहरुलाई फलफूल वितरण गरेको थियो । समाजकी भद्रपुर अध्यक्ष दुर्गा पोर्तेलको अध्यक्षतामा आायेजित कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य टिकाराम मग्रातीले समाजमा कतै–कतै अझै पनि जातीय विभेद र रंगभेद हुने गरेको भन्दै पूर्णरुपमा उन्मूलनका लागि सबै एकजुट हुनुपर्ने बताए । समाजका केन्द्रीय सल्लाहकार तथा नेकपा एमाले भद्रपुर नगर कमिटी सचिव घनश्याम लकान्द्रीले सञ्चालन गरेको कार्यक्रममा…

Read More

भोजपुर, ८ चैत । भोजपुरको भोजपुर नगरपालिका–३ बाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार भोजपुर–५ का ३० वर्षीय विजय राईको को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाइकल आफ्नै घर छेउमा पार्किङ गरेर राखेको ठाउँबाट चोरी भएको थियो । चोरी भएको मोटरसाइकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेवा सडक खण्डबाट उक्त मोटरसाइकलसहित चोरीमा संलग्न भारत मनिपुर स्थायी घर भई हाल जिल्ला सिरहा गोलबजार बस्दै आएका ३१ वर्षीय चन लामा भन्ने छिरिङ ग्याम्बोलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

सरोज भट्टराईशिवसताक्षी, ८ चैत । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् । शिवसताक्षी–७ शिमलचोक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका हुन् । पौडेलले १६ कठ्ठा क्षेत्रफलमा प्याप्सिकन, बन्दागोपी, बैगुन लगायतका तरकारीहरु लगाएका छन् । उनीहरु विहानदेखि नै तरकारीको रेखदेखमा गोडमेलमै बेस्त देखिन्छन् । पौडेल दम्पत्ती दुई दशकदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका छन् । पछिल्लो समय उनीहरुले प्याप्सिकन पनि लगाएका छन् । अन्य प्रजातिका तरकारी भन्दा प्याप्सिकन तरकारीले भाउ पाउने भएपछि यस वर्षदेखि प्याप्सिकन लगाएको डिल्लीप्रसाद पौडेलले बताए । बन्दा…

Read More

मोरङ, ८ चैत । मोरङको ग्रामथान गाउँपालिका–५ स्थितमा पिकअप गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे को २ च २१७ नम्बरको दुध बोक्ने पिकअप गाडीले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार ग्रामथान गाउँपालिका ३ का ५६ वर्षीय हुवालाल माझी घाइते भएका थिए । घाइते माझीलाई उपचारको लागि आर्या न्युरो अस्पताल बिराटनगर लागिएकोमा उनको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनामा संलग्न ठक्कर दिने पिकअप र पिकअप चालक बिराटनगर महानगरपालिका–१ का ३९ वर्षीय राजेश गुप्तालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

भद्रपुर, ८ चैत । झापाको भद्रपुर नगरपालिका–२ मा आज बिहान खन्ती प्रहार गरी एक जनाको हत्या गरिएको छ । पुरानो रिसिइबीका कारण भद्रपुर–२ का ३० वर्षीय कमानसिंह राईको सोही स्थानका ३५ वर्षीय सनम भन्ने गंगा राईले खन्ती प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । मृतक कमानसिंह अभियुक्त गंगाको घरमा बिहीबार सुत्न आएका थिए । घरमा सुतिरहेकै अवस्थामा गंगाले आज बिहान ५ बजे कमानसिंहको टाउकोमा खन्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर स्थानीयबासीले प्रहरीलाई गरेका थिए । घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय पृथ्वीनगरले कमानसिंहलाई खन्ती सहित नियन्त्रणमा लिएर…

Read More

कनकाई, ८ चैत । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट सदस्यलाई सम्मान गरेको छ । कनकाई–३ स्थित जेसीज भवनमा १५औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत ‘सदस्य शिक्षा तथा अन्तरक्रिया, स्वास्थ्य शिविर, उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान एवम् गरीब जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण’ गरेको हो । कार्यक्रममा संस्थाले उत्कृष्ट कारोबार गर्ने पाँच जना सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा चेतनकुमार प्रसाईं, धनकुमारी प्रधान, निरोज सुवेदी, अनिता अग्रवाल र ऋषिकेश मैनाली रहेका छन् । कार्यक्रममा कनकाई–३ स्थित जनचेतना आधारभूत विद्यालयका ३० जना बालबालिकाहरुलाई ब्याग वितरण गरिएको संस्थाकी सहायक अधिकृत गायात्रा ढकालले जानकारी…

Read More

कनकाई, ८ चैत । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नौ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ । मोरङको कटहरी–२ मा केन्द्रीय कार्यालय रहेको जीवन विकासले झापाको कनकाईमा आज ‘आर्थिक समृद्धिका लागि अभियान, वित्तीय साक्षरताको ज्ञान’ भन्ने नाराका साथ आयोजना गरेको सेवा केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा तीन जना सदस्यका परिवारको नौ जना बालबालिकाको एक वर्षका लागि अभिभावकत्व ग्रहण गरेको हो । संस्थाले ती बालबालिकाको एक वर्षमा शिक्षा आर्जनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीले विना धितो सदस्यलाई ऋण दिएर सुविधा दिएको बताउँदै लिएको ऋणलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । “ऋण…

Read More