झापा, ९ चैत । झापाको दमक नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दमक–५ का ४४ वर्षीय यादव राई र दमक–८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक–५ स्थित यादव राईको घर कोठामा लागुऔषध बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घर कोठामा चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
दुवै जनालाई लागू औषध र नगदसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box



