jhapaonline add

एजेन्सी, ६ साउन । बङ्गलादेशको राजधानी ढाकाको एक विद्यालयमा वायु सेनाको लडाकू विमान खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । दुर्घटनामा एक सय ७१ जना घाइते भएका छन् । यो बङ्गलादेशमा विगत केही वर्षको सबैभन्दा भीषण हवाई दुर्घटना हो । स्थानीय समय अनुसार हिजो १ बजेर १८ मिनेटमा ढाकाको उत्तर भागमा रहेको ‘माइलस्टोन स्कूल एण्ड कलेज’ को भवनमा बङ्गलादेश एअर फोर्सको सेभेन जेट विमान खसेको हो । सीएनएनका अनुसार यान्त्रिक गडबडीका कारण विमानले नियन्त्रण गुमाएको थियो । पाइलटले जनघनत्व कम भएको क्षेत्रतर्फ मोड्ने प्रयास गरे पनि विद्यालयमा खस्न पुगेको थियो । दुर्घटनाबारे विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख…

Read More

काठमाण्डौ, ६ साउन । जिम्बावेमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल हरारेमा बेलुकी पौने ५ बजे शुरू हुनेछ । यी दुवै टोली फाइनलमा पुगिसकेका छन् । न्युजिल्यान्ड २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । घरेलु टोली जिम्बावे ३ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । त्रिदेशीय टी–२० शृङ्खलाको फाइनल खेल आउँदो शनिवार हुनेछ । त्यसअघि लिग चरणको अन्तिम खेलमा पर्सि बिहीवार जिम्बावे र न्युजिल्यान्ड खेल्नेछन् ।

Read More

झापा, ६ साउन । स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो। महासंघले जारी गरेको मूल्य सूचीअनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रूपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रूपैयाँ पुगेको थियो। मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८७ डलर पुगेको छ। चाँदीको मूल्य…

Read More

झापा, ६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आउनुभएका डा पुनले उक्त जानकारी दिनुभएको हो । उहाँले पुस्तक बिक्रीबाट रु १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताउनुभयो । उहाँको पुस्तकको मूल्य रु सात सय ५० छ । उक्त रकमलाई उहाँले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिनुभयो । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहनुभएका उहाँलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने…

Read More

विराटनगर, ६ साउन । संखुवासभा र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ५ गते संखुवासभाको चिचिला गाउँपालिका ३ सोलाखानी स्थित रहेको निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजनाका कामदार कैलाली घोडाघोडिका ४० बर्षीय करण धर पौडेललाई सुरुङ भित्र काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको हो । त्यस्तै मोरङको केराबारी गाउँपालिका ८ स्थित माहादेब क्रसरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका गोर्खाका ३५ बर्षीय मंगल चेपाङको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, ६ साउन । झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ६ गते झापाको गौरादह नगरपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका २५ बर्षीय लुखीराम बास्की र १८ बर्षीय करण यादबलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको धरान १३ बाट अस्थायी प्रहरी चौकी अमरहाटले ९ किलोग्राम गाँजा सहित ईटहरी ७ का २४ बर्षीय सुरेश खत्वे र इटहरी ८ का २० बर्षीय तुलसि पासवानलाई र सामुदायिक प्रहरी बिट हवाईचोकले इटहरी २ का २३ बर्षीय आकास भण्डारीलाई ट्रामाडोल १ सय क्याप्सुल र…

Read More

बिर्तामोड, ५ साउन । राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । आज एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५० हजार रुपैयाँ बराबरको ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक खरिद गरेर सहयोग गर्नु भएको हो । कार्यक्रममा नगर प्रमुख प्रसाईले केन्द्रका अध्यक्ष महावीर पुनको प्रशंसा गर्दै उहाँले सञ्चालन गरेको अभियान अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । नगर प्रमुख प्रसाईले पुस्तक खरिद गरेर सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नु भएको छ । त्यसैगरी, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले डा। पुनको प्रयासको सम्मान र प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। डा. महावीर पुनले…

Read More

दक्षिण भारतीय फिल्म उद्योगबाट एउटा दुखद् खबर आएको छ । आफ्नो अद्वितीय लवज र उत्कृष्ट कमिक टाइमिङका लागि परिचित साउथ अभिनेता फिश वेन्कट (वेन्कट राज)को निधन भएको छ । उनले शुक्रबार साँझ हैदराबादस्थित एक अस्पतालमा अन्तिम सास लिएका हुन् । लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका उनी ५३ वर्षका थिए । मिर्गौला फेल भएका कारण वेन्कटले नियमित डायलिसिस गराइरहेका थिए । केही दिनदेखि भने उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनलाई मिर्गौला प्रत्यारोपणको आवश्यकता थियो, जसका लागि अभिनेता द्वय पवन कल्याण र विश्वक सेनबाट आर्थिक सहयोग समेत मिलेको थियो । तर, मिर्गौला लिन ‘म्याचिङ डोनर’ नै मिलेनन् । यही नै…

Read More

झापा, ३ साउन । सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज गुटहरू र अरब बेदुइन आदिवासी लडाकुहरूबीचको झडपमा अहिलेसम्म ६३८ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार जुलाई १३ देखि सुरु भएको झडपमा परी कम्तिमा ६३८ जनाको मृत्यु भएको हो । बेलायतमा आधारित युद्ध अनुगमनकर्ताले रिपोर्ट गरेअनुसार मृत्यु हुनेमा ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मीहरू छन् । सिरियाली अन्तरिम अधिकारीहरूले शुक्रवार बढ्दो हिंसाकाबीचमा संयमको लागि आह्वान जारी गर्दै द्वन्द्वलाई नियन्त्रण गर्न सेना तैनाथ गर्ने प्रतिबद्धता जनाएको छ ।एजेन्सी

Read More

झापा, ३ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–८२ मा रु तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ४० प्रतिशतले बढी हो । कार्यालयले आव २०८०–८१ मा रु तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८१–८२ मा अघिल्लो आवको भन्दा रु ३० करोड २४ लाख ९१ हजारको बढी राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । कार्यालयले आव २०८१–८२ मा रु चार अर्ब आठ करोड ५३ लाख ६० हजार राजस्व उठाउने लक्ष्य राखेको थियो…

Read More