
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
मेचीनगर, २६ असार । झापाको मेचीनगरमा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । गएराति ८ः३५ बजे मेचीनगर–५ स्थित सितापुरमा सोही स्थानका ३७ वर्षीय उत्तम सुब्बा घरदेखि तीन सय मिटर दक्षिण रहेको पैनीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । पैनीमा डुबेर मृत अवस्थामा रहेको २०ः४० बजे इलाका प्रहरी कार्यालय जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका काँकरभिट्टाबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज…
बिर्तामोड, २५ असार । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले उपचार कोषलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम प्रदान गरे । झापाको एक कार्यक्रममा उनले घोषणा गरेको सहयोग रकम आज पठाउनु भएको अध्यक्ष परियारले जानकारी दिए । पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् । उनका अनुसार कोषमा विभिन्न क्षेत्रमा रहेर…
बिर्तामोड, २५ असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ का लागि संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीले एक लाख १५ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई उक्त रकम प्रदान गरेका हुन् । बिर्तामोड–४ निवासी सुवेदी यहाँका पुराना व्यवसायीका रुपमा परिचित छन् । उनले विगत लामो समयदेखि गणेश किराना स्टोर संचालन गर्दै आएका छन् । उनी विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थामा समेत आवद्ध छन् । बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हितका लागि उदाहरणीय काम गरेको जनाउँदै उनले रकम प्रदान गरेको…
झापा, २५ असार। झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारी स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशावाट आउँदै गरेको प्र।१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । आज ९बिहीवार० ३ः४० बजेको समयमा भएको दुर्घटनामा स्कुटी चालक कचनकवल गाउँपालिका–३ का ६० का श्रीप्रसाद राजबशी र तक्काल नाम ठेगाना नखुलको मोटरसाइकल चालकको मृत्यु भएको हो । स्कुटीमा पछाडि सवार सोही स्थानकी मृतककी बुहारी २७ बर्षिया उर्मिला राजबशी र उनका ३ बर्षिय छारो आयुष राजबशी गम्भीर अवस्थामा रहेको…
अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् । ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी उनले नाटक ‘शिरीषको फूल’बाट रंगमञ्चको यात्रा सुरु गर्न लागेकी हुन् । कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले आगामी साउनमा मञ्चन गर्न लागेको उक्त नाटकमा सनिशाले ‘सकम्बरी’ पात्रको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रंगमञ्चको यात्रा सुरु गर्न सनिशा उत्साहित देखिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘भिडियो र फिल्मको कलाकारिता हुँदै ‘शिरीषको फूल’मार्फत रंगमञ्चको स्टेजमा नयाँ यात्राको अनुभव सुरु गर्न जाँदैछु । ‘शिरीषको फूल’को पात्र ‘सकम्बरी’ मेरो लागि विशेष हुनेछ ।’ उक्त पोस्टमा उनलाई अभिनेत्री स्वस्तिमा खड्का, संगीतकार अर्जुन पोखरेल लगायतले शुभकामना…
विराटनगर, २५ असार । मोरङ, सुनसरी र धनकुटाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित ८ जनालाई पक्राउ गरेको छ । जस अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतबाट खटिएको प्रहरी टोलीले ९ किलो ५ सय ग्राम लागू औषधगाँजा सहित भोजपुरको आमचोक–८ का २१ बर्षीय अंकित मगर र ४ सय मिलिग्राम ब्राउन सुगर सहित सुनसरीको बराहक्षेत्र–६ का २० बर्षीय रोसिता गिरी, बराहक्षेत्र–९ की २० बर्षीया रस्मिता राई, ईटहरी–३ का २२ बर्षीय समित राई र ईटहरी–५ का २० बर्षीय प्रसाङ ढकाललाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी–३ का ३० बर्षीय बुद्दराज राई र ३० बर्षीय पुष्पा थापालाई…
उदयपुर, २५ असार । उदयपुरको बेलका नगरपालिका–८ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना चालकको मृत्यु भएको छ । असार २४ गते साँझ को. ३८ प ९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको टंकी सिनुवारी–२ का३२ बर्षीय अनिल राजबंशी र पछाडि सवार भोजपुरको षडानन्द–७ दिङ्ला की १८ बर्षीया तुलशा कार्की घाईते भएकोमा अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारकोलागि बिराट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा राजबंशीको मृत्यु भएको हो ।
काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा. डा. दीपक अर्याल नियुक्त हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्व डीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्याललाई सिफारिस गरेको थियो । उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत…
काठमाडौँ, २५ आसार । रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको छ। स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए । हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत थिए। न्यौपानेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग आवश्यक परेकाले सहयोग सङ्कलन सुरु गरिएको जनाइएको छ।