मेचीनगर, २६ असार । झापाको मेचीनगरमा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
गएराति ८ः३५ बजे मेचीनगर–५ स्थित सितापुरमा सोही स्थानका ३७ वर्षीय उत्तम सुब्बा घरदेखि तीन सय मिटर दक्षिण रहेको पैनीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । पैनीमा डुबेर मृत अवस्थामा रहेको २०ः४० बजे इलाका प्रहरी कार्यालय जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका काँकरभिट्टाबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


