उदयपुर, २५ असार । उदयपुरको बेलका नगरपालिका–८ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना चालकको मृत्यु भएको छ ।
असार २४ गते साँझ को. ३८ प ९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको टंकी सिनुवारी–२ का
३२ बर्षीय अनिल राजबंशी र पछाडि सवार भोजपुरको षडानन्द–७ दिङ्ला की १८ बर्षीया तुलशा कार्की घाईते भएकोमा अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारकोलागि बिराट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा राजबंशीको मृत्यु भएको हो ।
Facebook Comments Box


