
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
मकवानपुर, १७ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा आज बिहान कोइला बोकेको ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला ल्याउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार गाजीपुर, उत्तर प्रदेशका ४५ वर्षीय चालक महेन्द्र यादवको घटनास्थलमै गम्भीर घाइते भएका थिए। ट्रकभित्र च्यापिएको अवस्थामा भेटिएका यादवलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
झापा, १७ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना छ। आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगयात देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै…
झापा, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ । इण्डियन आयल निगमले पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।
बिर्तामोड, १६ असार । बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको छ। नीति तथा बजेट पारित र प्रतिवेदनहरूको अनुमोदन नगर सभाका सभाध्यक्षबाट बैठकको प्रारम्भ भएको घोषणा गरिएसँगै असार ९ गतेको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रम बजेट, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ माथि सदस्यहरूले व्यापक छलफल गरी आफ्ना विचार राखेका थिए। छलफलपश्चात् सभाध्यक्षले ती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकले बिर्तामोड नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र८३ का लागि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले प्रस्तुत गर्नुभएको…
बिर्तामोड, १६ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित बुद्ध टोलका एकै घरका तीन जना दिदीबहिनीलाई बहुअपाङ्गता (पूर्ण अशक्तता) को आधारमा रातो कार्ड प्रदान गरिएको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उनीहरूको घरमै पुगेर मनकुमारी शेर्माका छोरीहरू १७ वर्षीया आकृति लिम्बु, ईक्सा लिम्बु र ईन्तुसा लिम्बुलाई गम्भीर अवस्थाको मूल्यांकन गरी पूर्ण अशक्तता प्रमाणित गर्ने रातो कार्ड हस्तान्तरण गर्नुभएको हो । तीमध्ये ईन्तुसा ओछ्यानबाट उठ्नसमेत नसक्ने अवस्थामा रहेकी छन् । नगर उपप्रमुख संग्रौलाले उनीहरूको उपचारका लागि आवश्यक पहल गर्ने बताउनु भयो । यसअघि, गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालय झापाको टोलीले समेत उनीहरूकै घरमा पुगेर नागरिकताको प्रमाणपत्र वितरण…
कोकिला ढकालइलाम, १६ असार। दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिका –२ का ५२ वर्षीय खेमराज ढकालविरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा उजुुरी दिएका छन् । ढकाल स्थानीय हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक, शिक्षक समेत हुनुहुन्छ । ११ र १४ वर्षीया ती बालिकालाई यौन दुुव्र्यवहार गरेको भन्दै ढकाललाई गए राति प्रहरीले उनको घरबाटै पक्राउ गरेको थियो । पक्राउपछि सदरमुकाम ल्याइएका ढकालविरुद्ध प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । पीडित पक्षको उजुरीपछि ढकालविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानका लागि अदातबाट म्याद थप गरिएको इलामका डिएसपी मानबहादुर राईले जानकारी…
सामान्यतया, प्रजनन उमेरका महिलाहरूको सामान्य महिनावारी २८ दिनको हुन्छ। यद्यपि, महिनावारी केही दिन अगाडि वा केही दिन ढिलो सुरु हुनु सामान्य कुरा हो। महिनावारी नहुने वा गायब हुने अवस्थालाई एमेनोरिया भनिन्छ। एमेनोरिया हुनुका धेरै कारणहरू हुन सक्छन्। महिनावारी नहुनुको एउटा कारण गर्भावस्था हुन सक्छ तर यसबाहेक अन्य धेरै कारणहरू हुन सक्छन्। कहिलेकाहीँ महिनावारी नहुनुलाई गम्भीर समस्या मानिँदैन, तर विज्ञहरू भन्छन् कि यदि यो बारम्बार भइरहेको छ भने यो कुनै अन्य स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ। हरेक महिलाको शरीर पूर्णतया फरक तरिकाले काम गर्छ। कुनै पनि दुई महिला समान हुँदैनन् । त्यसैले महिनावारी नहुनु वा ढिला हुनु विभिन्न कारणहरु हुन…
‘नयाँ दिल्ली, १६ असार । दर्शकहरू यतिबेला बलिउड कमेडी फिल्म ‘हेरा फेरि’को तेस्रो भागको पर्खाइमा छन् । फिल्मको छायाङ्कन सुरु भइसकेको खबर लगत्तै अभिनेता परेश रावलले फिल्म छाडेको खबर आएपछि फिल्मबारे विवाद चुलिएको थियो । ्यो कुरा सुनेर दर्शक पनि निराश भएका थिए । फिल्मका मुख्य आकर्षण राजु (अक्षय कुमार), (श्याम) सुनिल शेट्टी र बाबु राव (परेश रावल) थिए । परेशले फिल्मको सुटिङ सुरु गरेर छाडेको भनिएको थियो । अहिले फेरि परेश रावल फिल्ममा पुनरागमन गर्दैछन् । यो कुरा परेश आफैँले पुष्टि गरेका हुन् । हिमांशु मेहताको पोडकास्टमा परेशले यो कुरा बताएका हुन् । फिल्म वरिपरिको विवादमा प्रतिक्रिया दिँदै अभिनेताले…
काठमाडौं, १६ असार । काठमाडौंमा महिलाको अश्लील भिडियो बनाएर बिक्री गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा सुर्खेतका २९ वर्षीय रमेश थापा रहेका छन्, जो टोखामा बस्दै आएका थिए। प्रहरीका अनुसार, उनले रकम लिएर महिला तथा पुरुषलाई अश्लील गतिविधिमा संलग्न गराउँदै भिडियो बनाएर बिक्री गर्थे।काठमाडौँ । महिलाको अश्लील भिडियो बनाएर बनाएर बिक्री वितरण गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(६ घर भई काठमाडौँको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन् । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग…
भोजपुर, १६ असार । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न भोजपुरमा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ । किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो । किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एकरएक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । भोजपुरका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो ।…