मकवानपुर, १७ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा आज बिहान कोइला बोकेको ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला ल्याउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार गाजीपुर, उत्तर प्रदेशका ४५ वर्षीय चालक महेन्द्र यादवको घटनास्थलमै गम्भीर घाइते भएका थिए। ट्रकभित्र च्यापिएको अवस्थामा भेटिएका यादवलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
Facebook Comments Box


