jhapaonline add

बुधबारे, १० बैशाख । झापाको बुद्धशान्तिबाट प्रहरीले मंगलबार राति पाँच लाख रुपैयाँ भन्दा बढीको सामान बरामद गरेको छ । बुद्धशान्ति गाँउपालिका–४ बर्ने चिया बगानस्थित मेची राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिगएको प्रहरी टोलि र शसस्त्र प्रहरी बेस क्याम्प टिमाईबाट सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र. १–०१–००१ ज. ३४४९ नम्बरको यात्रु बाहक बुलेरो गाडी चेकजाँच गर्दा बिल बिना अबैध रुपमा करिब ५ लाख ३४ हजार ७४५ बराबरको कस्मेटिक सामान बरामद गरेको हो । सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १० बैशाख । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई…

Read More

झापा, १० बैशाख । राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को परिवर्तित तालिका प्रकाशन गर्ने जानकारी दिएको छ । परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डका अध्यक्ष डा। महाश्रम शर्मा जानकारी दिएका हुन् । बोर्डले यसअघि वैशाख ११ गतेदेखि २४ गतेसम्म माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२० सञ्चालन हुने गरी परीक्षा समयतालिका सार्वजनिक गरेको थियो । तर, मंगलबार बोर्डले परीक्षाको समय परिवर्तन गर्दै वैशाख २१ गते बिहान ८ बजेदेखि सञ्चलन गर्ने बताएको थियो । हाल सिर्जित विशेष परिस्थितिका कारण परीक्षार्थीले गरेको अनुरोध, अभिभावकको चिन्ता तथा परीक्षा केन्द्रको व्यवस्था र सञ्चालनमा आउन सक्ने प्राविधिक कठिनाइसमेतलाई…

Read More

झापा, १० बैशाख । भारतको जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। उक्त हमलामा १७ जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीको पनि मृत्यु भएको छ । नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको बताइए पनि उनको थप विवरण उपलब्ध गराइएको छैन । मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको बताइएको छ ।

Read More

शिवसताक्षी, ९ बैशाख । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ मा जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले आयुर्वेद चिकित्सा पद्धति पुरानो भएकाले विशेष बृद्धा बृद्धाहरुलाई जडिबुटी जन्य औषधिहरुको सेवनले राम्रो गरेको पाइएको बताउनु भयो । ज्येष्ठ नागरिकहरुलाई इम्युनिटी पावर बढाउने, रोग प्रतिरोधात्मक औषधिहरु सेवन गर्न सुझाव दिदै उहाँले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा १०० जना जेष्ठ नागरिकलाई रोगप्रतिरोधात्मक जडिबुटीजन्य आयुर्वेदिक औषधि वितरण गरिएको थियो । औषधि वितरणसँगै कार्यक्रममा सहभागी जेष्ठ…

Read More

इलाम, ९ बैशाख । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । “विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो । तर, नानी त कुलतमा फसिसकेको रहेछ”, बालककी हजुरआमाले भनिन्, “विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी छ, साथीसङ्गतले बिगार्ने रहेछ ।” वैशाख लागेसँगै नयाँ शैक्षिकसत्र सुरु भयो । यतिबेला सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना धमाधम हुनुपर्ने हो, तर हुन सकेको छैन । विद्यालय बन्द छ, विद्यार्थी घरघरमा छन् । सरकारले माग पूरा गर्छरगर्दैन भनेर शिक्षकलाई चिन्ता छ । तर, अभिभावकलाई बालबच्चा बिग्रिएकामा…

Read More

जनकपुरधाम, ९ बैशाख । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त हुनुहुन्छ । गए राति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । विष सेवनबाट स्थानीय सुशील साहका छ वर्षीय छोरा आदित्य, चार वर्षीया छोरी आकृति तथा दुई वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कनकाई, ९ बैशाख । झापाको कनकाई नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ बुँदे ज्ञापन पत्र बुझाएको छ । पार्टीले रास्वपाले आज कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई नगरमा विद्यमान जनसरोकारका विषयलाई समेटेर १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । रास्वपा कनकाईका नगर सभापति मोहन थापाको नेतृत्वमा रास्वपाका झापा सचिव सम्भू सुस्केरा, उपसभापति दिनानाथ खतिवडा, नगर सचिव प्रेमप्रसाद भण्डारी, कनकाई २ का सभापति पुष्पराज गिरी, सचिव चन्द्रा बुढाथोकीको टोलीले नगरप्रमुख पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । “कनकाई नगरपालिकाले सम्पादन गरिहेका दैनिक जनसरोकारका सेवाहरु तथा राज्य स्रोतको सम्पत्ती र जनताबाट संकलित करको न्यायोचित बाडफाँड गरी आवश्यकता र प्राथमिकताको आधारमा लक्षित वर्गलाई न्याय पुग्ने…

Read More

झापा, ९ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ स्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रमा एक जना महिलाको मृत्यु भएको छ । बिर्तामोड–५ किरातचौक उक्त सुधार केन्द्रमा इलाम नगरपालिका–४ बरबोटेकी ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको हो । विगत ३ महिनादेखि सुधारका लागि बस्दै आएकी उनी सोमबार राति १०ः१५ बजेको ट्वाइलेट जाने क्रममा लडी बेहोस भई सुधार केन्द्रको संस्थापक तिलरुपा कटुवालले उपचारको लागि मनमोहन अस्पताल लगेको र थप उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला…

Read More

बिर्तामोड, ९ बैशाख । स्वतन्त्र पार्टी बिर्तामोड नगर समितिको अधिवेशनबाट दिपक दाहालको नेतृत्व चयन गरेको छ । बिर्तामोड–२ स्थित बालुवाटार रिसोर्टको सभाहलमा सम्पन्न भेलाले नगर उपसभापतिमा अनुप निरौला, सचिवमा सृजन अधिकारी, सहसचिव मनोज राजवंशीलाई चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा सावित्रा खनाल, जितेश अग्रवाल, ललिता लिम्बू, विष्णु थापा, चन्द्रादेवी भट्टराई, कल्पना बयलकोटी, रोहित न्यौपाने, अम्बिका राय र रामबहादुर बस्नेत रहेका छन् । कार्यक्रममा माननीय संसद निशा डाँगी, टिका संग्रौला ज्वाला, सरिन याक्खा तामाङ, जिल्ला सभापति प्रकाश पाठक, निवर्तमान प्रदेश प्रमुख ओम भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।

Read More