बुधबारे, १० बैशाख । झापाको बुद्धशान्तिबाट प्रहरीले मंगलबार राति पाँच लाख रुपैयाँ भन्दा बढीको सामान बरामद गरेको छ ।
बुद्धशान्ति गाँउपालिका–४ बर्ने चिया बगानस्थित मेची राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिगएको प्रहरी टोलि र शसस्त्र प्रहरी बेस क्याम्प टिमाईबाट सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र. १–०१–००१ ज. ३४४९ नम्बरको यात्रु बाहक बुलेरो गाडी चेकजाँच गर्दा बिल बिना अबैध रुपमा करिब ५ लाख ३४ हजार ७४५ बराबरको कस्मेटिक सामान बरामद गरेको हो ।
सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


