झापा, ९ बैशाख । झापाको बिर्तामोड नगरपालिका–५ स्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रमा एक जना महिलाको मृत्यु भएको छ ।
बिर्तामोड–५ किरातचौक उक्त सुधार केन्द्रमा इलाम नगरपालिका–४ बरबोटेकी ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको हो । विगत ३ महिनादेखि सुधारका लागि बस्दै आएकी उनी सोमबार राति १०ः१५ बजेको ट्वाइलेट जाने क्रममा लडी बेहोस भई सुधार केन्द्रको संस्थापक तिलरुपा कटुवालले उपचारको लागि मनमोहन अस्पताल लगेको र थप उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


