बिर्तामोड, ९ बैशाख । स्वतन्त्र पार्टी बिर्तामोड नगर समितिको अधिवेशनबाट दिपक दाहालको नेतृत्व चयन गरेको छ ।
बिर्तामोड–२ स्थित बालुवाटार रिसोर्टको सभाहलमा सम्पन्न भेलाले नगर उपसभापतिमा अनुप निरौला, सचिवमा सृजन अधिकारी, सहसचिव मनोज राजवंशीलाई चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा सावित्रा खनाल, जितेश अग्रवाल, ललिता लिम्बू, विष्णु थापा, चन्द्रादेवी भट्टराई, कल्पना बयलकोटी, रोहित न्यौपाने, अम्बिका राय र रामबहादुर बस्नेत रहेका छन् ।
कार्यक्रममा माननीय संसद निशा डाँगी, टिका संग्रौला ज्वाला, सरिन याक्खा तामाङ, जिल्ला सभापति प्रकाश पाठक, निवर्तमान प्रदेश प्रमुख ओम भण्डारी लगाएतको उपस्थिती रहेको थियो ।
Facebook Comments Box

