
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भोजपुर, १७ माघ । भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेका छन् । कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा, १७ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २र२ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँ मूल्य बृद्धि भएको छ । अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य १९सय १० कायम भएको छ ।
झापा, १७ माघ । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। नेपालले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७० रनको सामान्य लक्ष्य बंगलादेशले ५ विकेट गुमाउँदै २६ औँ ओभरको दोस्रो बलमा भेट्टायो । दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बंगलादेशलाई १ बलअगावै १ सय ६९ रनको चुनौती दिएको थियो ।
झापा, २ माघ । देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का…
शिवसताक्षी, २ माघ । झापाको कनकाई माइ मेला यस वर्ष निकै व्यवस्थित भएको देखिएको छ । अघिल्ला वर्षहरुमा भीड भाड हुने कनकाई पुलमा पैदल यात्रुको संख्या शून्य रहेको पाएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइधाम वरपर भीड देखिए पनि जनपथ र ट्राफिक प्रहरीको सक्रियताले कनकाई पुलमा सवारी साधन सहज तरिकाले वार पार भएको थियो । मेला समिति संयोजक वडा नं. १० वडाध्यक्ष हर्क सिगुले २ सय ५० जना सुरक्षा कर्मी र नगर प्रहरी परिचालन गरिएको बताए । उनले मेलालाई अघिल्ला वर्षहरु भन्दा भक्तजनहरुको सुरक्षा र सावरी साधन जावत जावतलाई सहज बनाउन पर्याप्त मात्रामा स्वयमसेवक पनि परिचालन…
झापा, १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन कनकाई, माई, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने,…
झापा, १ माघ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ । कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो । आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीले जनाएका छन् । रेसिडेन्सी र रोजगार कानुन उल्लङ्घन गर्नेहरूको ठुलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाइएको छ । आजको राजधानी दैनिकमा खबर…
झापा, १ माघ । मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी ९एफडिआई० मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिर महिनासम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा…
झापा, १ माघ । झापाको कनकाइको किनारमा लाग्ने मकर संक्रान्ति माइमेलाको विधिवत उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० कनकाई माइको किनारमा आइतबार नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले विधिवत उद्घाटन गरेका हुन् । मेला माघ २ गते राति १२ बजेसम्म लाग्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । मेला व्यवस्थापनका लागि विभिन्न समितिहरु गठन गरिएको मेला आयोजक शिवसताक्षी नगरपालिका वडा न १० ले जनाएको छ । नगरपालिकाले मेलालाई सहज बनाउँदै वडा नं. १० लाई सहजीकरणका लागि लगाइको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले मेलामा शान्ति सुरक्षाका राम्रो व्यवस्था मिलाइएको जनपथ प्रहरी, नगर…
बुधबारे, १ माघ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । आइतबार प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताएका छन् । झापा जिल्लाका पन्ध्रवटै पालिकाको सहभागी हुने प्रतियोगितामा बिजेताले नगद १ लाख रुपैँया, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ भने उपबिजेताले नगद ५० हजार र मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ । खेल टी–२० को नियम अनुसार हुनेछ । अध्यक्ष प्रसाईंका अनुसार प्रत्येक टीममा १५ जना खेलाडीहरु हुनेछन् । जसमा ११ जना मुख्य खेलाडी र ४ जना बैकल्पिक रहने…