
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ७ असोज । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका पालिकाहरुले सेवा दिन थालेका छन् । आजदेखि कनकाई नगरपालिकाले समेत सेवा प्रवाह गर्दैछ । अर्जुनधारा, मेचीनगरलगायत जिल्ला अधिकांश पालिकाले अत्यावश्यक सेवा सुरुवात गरेका छन् । गत भदौ २४ गते जिल्लाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड भएका थिए । त्यसयता पालिकाहरु बन्द थिए । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले नगरका ११ वटै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यकीय सेवा सुरु भइसकेको बताए । ‘नगरपालिकाको सेवा केही दिनअघि नै सुरु गरिएको थियो,’ उनले भने, ‘सबै वडा कार्यालयको सेवा पनि आइतबारदेखि थालेका छौँ । जनताको…
झापा, ७ असोज । गत भदौ २४ गते ‘जेनजी’द्वारा आयोजित प्रदर्शनका क्रममा देशभरका कारागारमा तोडफोड र आगजनी भएपछि १४,५५६ कैदीबन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ६,९८४ कैदीबन्दी फर्किसकेका छन् भने अझै ७,५७२ जना फरार छन्। विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पछिल्लो दुई दिनमा मात्रै ६५६ जना कैदीबन्दी कारागारमा फर्किएका छन्। कैदीबन्दीहरू दैनिकजसो स्वेच्छाले फर्किरहेका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको हो। भागेका कैदीबन्दीहरू २८ वटा कारागार र ९ वटा सुधारगृहबाट फरार भएका थिए। बालसुधार गृहबाट मात्रै ९६३ जना भागेका थिए। प्रहरीका अनुसार हिरासतमा रहेका २,००० आरोपीसमेत फरार छन् र खोजी कार्य जारी छ। उक्त घटनामा १५,५२५ कैदीबन्दी…
झापा, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आज र भोलि सञ्चालन गर्दैछ। यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तयारी गरिएको यो परीक्षा जेनजी आन्दोलनपछि मुलुकमा विकसित विषम परिस्थितिको कारण पछि सारिएको हो। बोर्डले आज अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ।…
झापा, ७ असोज । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी…
झापा, ७ असोज । आज देशभरका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा कोसी प्रदेश, मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड भूभागका तथा तराई भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कोसी प्रदेश र बागमती प्रदेशको पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यसैगरी, आज राति देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। यस क्रममा देशका पहाड भूभागका थोरै…
बिर्तामोड, ६ असोज । झापाको बिर्तामोड–४ बाट प्रकाशन हुँदै आएको शब्दपत्र डटकम अनलाइन न्यूज पोर्टले ५ औं स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गरेको छ । शब्दपत्रले आज (सोमवार) अर्जुनधारा–५ स्थित पानीकलको वागेडाँगी सामुदायिक विकास केन्द्रको परिसरमा पाँचौ स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा बिभिन्न जातका फलफूलका पाँच वटा विरुवा रोपेको हो । शब्दपत्रले आँप, लिचि, अम्बकलगायतका पाँच परिकारका फलफुलका विरुपा रोपेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, शब्दपत्र प्रकाशन प्रालिका अध्यक्ष बालकृष्ण गिरी, प्रालिका सञ्चालक पार्वता गिरी, उमेश भारती, तारा दुलाल, अर्जुन गिरी, सम्पादक तथा प्रकाशक उद्धव पुरी, सल्लाहकार वासु दुलाल, खड्गराज गिरी, इन्द्रमणि पौडेल,…
झापा, ६ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आज चौथो इकाइगत साधारण सभा सम्पन्न भएको छ । झापाको कनकाईमा आज संस्थाको १५ औँ साधारण सभा अन्तर्गत चौथो इकाइगत सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुभाष भट्टराईले इकाइगत साधारण सभाको उद्घाटन गर्नुभएको थियो । इकाइगत साधारण भामा १० जनालाई सम्मान गरिएको छ। कार्यक्रममा पाँच जना उत्कृष्ट बचतकर्ता र पाँच जना उत्कृष्ट ऋणीलाई सम्मान गरिएको हो । उत्कृष्ट बचतकर्तातर्फ विष्णुप्रसाद दाहाल, प्रदिपकुमार दास, रविन रसाइली, तेजबहादुर प्रधान र सोमबहादुर लिम्बुलाई सम्मान गरिएको छ । त्यस्तै, उत्कृष्ट ऋणीतर्फ निरमाया राई, चित्रमान रसाइली, आशाकुमारी चौधरी, मनिष…
झापा, ६ असोज । झापा जिल्ला अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने अदालत प्रशासनले जनाएको छ । अदालतका सेस्तेदार उपसचिव डिल्लीराम प्रसाइले हस्ताक्षर गरेको अदालतको सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना…
झापा, ६ असोज । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर दुई लाख १७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि भदौ ३१ गते सुनको भाउ दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने सुनको भाउ घट्दै आएकोमा आज बढेको हो । यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
झापा, ६ असोज । झापा गाउँपालिका–३ झाँसीमा एक हृदयविदारक घटना घटेको छ। स्थानीय मान बहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जी असोज ५ गते दिउँसो २ बजे अचानक हराइ बेपत्ता भएकी थिइन्। परिवारजन तथा स्थानीयवासीले खोजतलास गर्दा पनि फेला नपरेपछि प्रहरीलाई जानकारी गराइएको थियो। खोजीको क्रममा असोज ६ गते बिहान ७ः१० बजे बालिका घर नजिकै रहेको सानो माई खोलामा डुबेको अवस्थामा मृत फेला परेकी हुन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृत शरीरलाई पोष्टमार्टमका लागि प्रदेशिक मेचि अस्पताल पठाइएको छ।