
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’ आगामी चैत्र १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार फिल्मको तीन पोस्टर फष्टलुक्सको रूपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको फष्टलुक्समा अभिनेता मुकुन भुषाल र अभिनेत्री सुरक्षा पन्त श्रीमान् श्रीमतीको रूपमा देखिएका छन् । पोष्टरमा मुकुनलाई सुरक्षाबाट पीडित समेत देखाइएको छ । एभरेस्ट सूर्य बोहरा फिल्मस् र धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मका निर्माता सुनिता सापकोटा, राम नारायण उपाध्याय हुन् । उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रवीन्द्र झा, गणेश…
बैतडी, ३२ असार । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले…
झापा, ३२ असार । सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
झापा, ३२ असार । नेकपा (माओवादी केन्द्र) का नेता रामचन्द्र कुशवाहाको निधन भएको छ। महोत्तरीको गौशाला निवासी कुशवाहाको उपचारको क्रममा गएराति काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो। ७० वर्षीय कुशवाहा विगत ६ महिनादेखि क्यान्सर रोगबाट पीडित थिए। पञ्चायत कालदेखि नै माओवादीको किसान मोर्चामा सक्रिय रहेका उनी माओवादी निकट केन्द्रीय सहकारी विभागका सदस्य तथा अखिल नेपाल किसान संघ ९क्रान्तिकारी केन्द्र० का केन्द्रीय सचिवालय सदस्य थिए। साथै, कुशवाहा जिल्ला सहकारी संघ महोत्तरी, जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार तथा माओवादीको केन्द्रीय उखु उत्पादक सहकारी संघका अध्यक्षसमेत थिए। उनले जलेश्वर अस्पतालको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए। उनको निधनप्रति माओवादी केन्द्रका नेताहरू गिरिराजमणि…
झापा, ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा हेरफेरको तयारी गरिरहेका छन्, जसमा केही मन्त्री हटाएर नयाँ नियुक्त गर्ने गृहकार्य भइरहेको छ। हालको मन्त्रिपरिषदमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९अशोक राई०, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधित्व छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल प्रकरणमा मुछिएपछि राजीनामा दिए, र त्यसपछि एमालेकी भगवती न्यौपानेलाई मन्त्री नियुक्त गरिएको छ। जसपाका नवलकिशोर साह सुडीलाई हटाउने तयारी भइरहेको छ भने रञ्जु झालाई मन्त्री बनाउने प्रयास भइरहेको छ। बुधबार थप मन्त्रीहरूको शपथ हुन सक्ने सम्भावना छ। प्रधानमन्त्री ओलीले एक वर्ष पूरा गरेका छन्, र मन्त्रिपरिषदमा रहेका केही…
चितवन, ३२ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिक गएराति एक भारतीय मिनी ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको छ। मङ्गलबार राति साढे १० बजे भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मेवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको मिनी आईचर ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा भारतको लखनउ निवासी २१ वर्षीय चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन्। दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ट्रक आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनाबारे थप…
चितवन, ३२ असार । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।
पाँचथर, ३२ असार । एक दशकअघि तमोर कोरिडोरको ट्र्याक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालोपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्र्याक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्र्याक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्र्याक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । यसको असर सिँचाइ आयोजनामा परेको छ । स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार सिँचाइ योजना मर्मतको…
झााप, ३२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा…
झापा, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमले पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।