
झापा, ३२ असार । नेकपा (माओवादी केन्द्र) का नेता रामचन्द्र कुशवाहाको निधन भएको छ। महोत्तरीको गौशाला निवासी कुशवाहाको उपचारको क्रममा गएराति काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो।
७० वर्षीय कुशवाहा विगत ६ महिनादेखि क्यान्सर रोगबाट पीडित थिए। पञ्चायत कालदेखि नै माओवादीको किसान मोर्चामा सक्रिय रहेका उनी माओवादी निकट केन्द्रीय सहकारी विभागका सदस्य तथा अखिल नेपाल किसान संघ ९क्रान्तिकारी केन्द्र० का केन्द्रीय सचिवालय सदस्य थिए।
साथै, कुशवाहा जिल्ला सहकारी संघ महोत्तरी, जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार तथा माओवादीको केन्द्रीय उखु उत्पादक सहकारी संघका अध्यक्षसमेत थिए। उनले जलेश्वर अस्पतालको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए।
उनको निधनप्रति माओवादी केन्द्रका नेताहरू गिरिराजमणि पोखरेल, मातृका यादव लगायतले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेका छन्।


