jhapaonline add

झापा, २६ मंसिर । नेपाल पत्रकार महासंघ झापा र प्रेस सेन्टर नेपाल झापाको समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको छ । महासंघ र प्रेस सेन्टरले आज अलग–अलग विज्ञप्ती जारी गरि झापाका सञ्चारकर्मी तथा बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बाँस्तोलालाई समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पीडितका अनुसार ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा प्रकाशित समाचारको बिषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड–४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बाँस्तोलालाई पटक–पटक फोन गरेर अस्लील गालीगलौजसहित ज्यानमार्ने धम्कीसम्म दिएका छन्…

Read More

झापा, २६ मंसिर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले आज मोरङको विराटनगर महानगरपालिका–१२ दरैयास्थित सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान वितरण गरेको छ । प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान वितरण गरिएको हो । उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्यु लगायत संघका पदाधिकारीहरु वडा प्रहरी कार्यालयकका प्रहरी निरिक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीको उपस्थित रहेको थियो ।

Read More

झापा, २६ मंसिर । झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलवार बृहत आयुर्वेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो । कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले सोमबार उद्घाटन गरेको आर्युवेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढि विरामीले निशुल्क जाँच तथा उपचार पाएको जनाईएको छ । क्षारसूत्र विधिबाट पायल्सका विरामीको उपचार पनि शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताएका छन् । शिविरमा आएका विरामीहरुको निशुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि बितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा…

Read More

झापा, २६ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थितमा मे.९ प ५०९२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक मेचीनगर–१३ की ३८ वर्षीया पवित्र राजवंशीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागु औषधसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २६ मंसिर । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो ।…

Read More

झापा, २६ मंसिर । अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेशमा यसपटक रु १३ लाख ८२ हजार एक सय ३७ मेट्रिकटन उत्पादन भएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । गतवर्ष यस प्रदेशमा १२ लाख ९८ हजार आठ ५५ मेट्रिकटन धान उत्पादन भएको थियो । गतवर्ष भन्दा यस वर्ष ८३ हजार…

Read More

झापा, २६ मंसिर । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ । सङ्घीयता कार्यान्वयन भएको सात वर्ष बितिसक्दा पनि दुर्गम र मधेश प्रदेशका स्थानीय तहमा सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतको सधैँजसो अभाव रहँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत अभावमा उक्त पालिकामा नियमित सेवा प्रवाह नै प्रभावित भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।…

Read More

झापा, २६ मंसिर । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् । कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा थाइल्यान्ड पठाई त्यहाँबाट झुक्याएर म्यानमार पु¥याइएका युवालाई बन्धक बनाई दैनिक १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङ गर्न बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ…

Read More

झापा, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ। आर्थिक वर्ष सकिएको ६० दिनभित्र नयाँ सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानलाई प्रधानमन्त्री, उपप्रधानमन्त्रीका साथै सबैजसो मन्त्रीहरूले उल्लङ्घन गरेका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र प्रधानमन्त्री, मन्त्रीलगायत सबै राष्ट्र सेवकले तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ। सोअनुसार असोज मसान्तसम्म सबैले नयाँ सम्पत्ति विवरण बुझाउनु पर्छ। तर, अहिलेसम्म उनीहरू कसैले पनि नयाँ सम्पत्ति विवरण बुझाएका छैनन्। सरकारको वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको नयाँ सम्पत्ति…

Read More

झापा, २६ मंसिर । निजीक्षेत्रले जलविद्युत् उत्पादन गर्न थालेको झन्डै तीन दशकमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै बिजुली उत्पादन गर्दै आइरहेको छ । निजी क्षेत्रले छोटो समयमै २१ सय मेगावाटभन्दा धेरै बिजुली उत्पादन गर्नुका पछाडि मुख्य दुई कारण रहेका छन् । २०४९ सालमा ल्याइएको विद्युत् ऐन, २०४९ र २०५७ सालमा निजीक्षेत्रसँगको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) को जगमा नेपालमा जलविद्युत् आयोजनाले फड्को मार्ने गरी विकास सम्भव भएको हो । यो भन्दा अगाडि निजीक्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्ने वातावरण भइसकेको थिएन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय प्रसारण लाइनमा २८३६.९३ मेगावाट क्षमताको बिजुली जोडिएको छ । सोमध्ये निजी सहायक…

Read More