
झापा, २६ मंसिर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले आज मोरङको विराटनगर महानगरपालिका–१२ दरैयास्थित सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान वितरण गरेको छ ।
प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान वितरण गरिएको हो । उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्यु लगायत संघका पदाधिकारीहरु वडा प्रहरी कार्यालयकका प्रहरी निरिक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीको उपस्थित रहेको थियो ।
Facebook Comments Box


