भद्रपुर, ३० कात्तिक । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुन्यूमा आगो लगाउँदा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ।
घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुन्यूमा गए राति आगजनी भएको हो।

आगलागीबाट धान र पराल गरी एक लाख ५१ हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो।
Facebook Comments Box



