jhapaonline add

भद्रपुर, २४ कात्तिक । प्रादेशिक अस्पताल भद्रपुरमा भएको तीन वटा छुट्टाछुट्टै चोरी घटनामा संलग्न तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। चोरीका घटनाहरू अस्पताल परिसरभित्र अक्सिजन पाइप र औषधी चोरीसँग सम्बन्धित छन् । गत कात्तिक ३ गते दिउँसो करिब २ बजे अस्पतालको पुरानो सर्जिकल वार्डको बाहिरी भागबाट किचन हुँदै गाइनो वार्डको ओपीटी र ओटी बाहिरसम्म अक्सिजन आपूर्ति गर्न जडान गरिएको तामाको पाइप चोरी भएको थियो । अनुसन्धानको क्रममा भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय रन्जित घोषलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, गत कात्तिक १८ गते दिउँसो गाइनो वार्डको पहिलो तलाबाट अक्सिजन पाइप चोरी गरिरहेको अवस्थामा…

Read More

झापा, २४ कात्तिक । झापाको विर्तामोडमा रहेको सामाजिक संस्था अग्रसेन भवनको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । आज सोमबार अग्रसेन भवनको दोस्रो तलाको वातानुकुलित नवनिर्मित सभाकक्षमा आयोजित २६ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट रमेशकुमार अग्रवालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थामा पहिलो चरणमा १२ जना सदस्य चयन हुने र चयन भएका सदस्यहरुबाट सहमतिमा पदाधिकारी चयन हुने प्रावधान अनुसार नयाँ समिति चयन भएको निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भाष्कर शर्माले जानकारी दिए । समितिको उपाध्यक्षमा दिपेन्द्रकुमार अग्रवाल, सचिवमा सुजित वंशल, सहसचिवमा मांगीलाल जिन्दल र कोषाध्यक्षमा सुशीलकुमार अग्रवाल चयन भएका छन् भने सदस्यमा…

Read More

बिर्तामोड, २४ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो । खेलको सुरुवातमै दुवै टोली आक्रमक लयमा मैदान उत्रिएका थिए । खेलको तेस्रो मिनेटमा पुलिसकी पूजा रानाले पेनाल्टी बक्सबाहिरबाट दिएको सटिक क्रसमा मिना देउवाले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन् । पाँचौँ मिनेटमा एपिएफले पनि गोलको अवसर बनाएको थियो तर कप्तान अनिता बस्नेतको क्रसमा निशा थोकरले गरेको प्रहार पोस्टमाथि जान पुग्यो । २० औँ मिनेटमा पुलिसकी रेखा पौडेलले एपिएफका दुई…

Read More

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको छ । यसपछि इवातेको ओफुनाटो सहरको तटीय क्षेत्रबाट ६ हजार १३८ जनालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । मौसम एजेन्सीका अनुसार ओफुनाटो बन्दरगाहमा १० सेन्टिमिटर अग्लो सुनामी छाल रेकर्ड गरिएको छ । छाल १ मिटरसम्म पुग्ने अनुमान गरिएको बेला सुनामी सूचना जारी गरिन्छ ।

Read More

झापा, २४ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आआफ्नो दाबी प्रस्तुत गरेका छन् । फाइलन खेलको पूर्वसन्ध्यामा आइतबार रंगशालामा परिसरमा आयोजित ‘प्रि–म्याच कन्फ्रेन्स’मा दुवै टिमले उपाधिमा आआफ्नो दाबी प्रस्तुत गरेका हुन् । दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधि रक्षाका लागि रूपमा तयार रहेको बताएका छन् । “हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन”, एपिएफका प्रशिक्षक जिवेश पाण्डेले भन्नुभयो, “यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौं ।” एपिएफकी कप्तान अनिता बस्नेतले झापाको मैदानमा पुलिसलाई रोक्दै अर्को उपाधि थप्ने बताउनुभयो । खेल…

Read More

झापा, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, कुवेती दिनारसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो। त्यसैगरी आज युरो…

Read More

झापा, २४ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More

झापा, २४ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । खेल आज दिउँसो २ः३० बजेबाट सुरू हुनेछ । फाइनलमा दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि आमनेसामने हुँदैछन् । आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुुसार आजको खेलमा झापाको फुटबलप्रेमीहरूको ठुलो उपस्थिति रहने अपेक्षा गरिएको छ । यसैबीच, दुधे रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा चर्च बोइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले हरायो । त्यस्तै, सेमिफाइनलमा संकटा…

Read More

मनाङ, २३ कात्तिक । यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई पर्यटक मृत भेटिएका छन् । मृत भेटिनेमा भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल रहेका छन् । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको टोलीले आज मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मिलेरेपा गुम्बा घुम्न गएका भारतीय नागरिक सम्पर्क विहीन भएका थिए । उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल,…

Read More

झापा, २३ कात्तिक । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ । उक्त प्रकरणमा संलग्न भई फरार रहेका मधेस प्रदेशको रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षीय रन्जनकुमार खरेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जानकारी दिएको छ । सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्कली भुटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरुसँग मिलेमतो गरी ठगी अपराधमा संलग्न रहेका बताउनुभयो । उक्त घटनाको ठगी, कीर्ते…

Read More