
झापा, १२ असार । भेनेजुएलाको राजधानी काराकास आसपास बुधबार साँझ ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने ९७० भन्दा बढी घाइते भएका छन्। सरकारले यो सन् १९०० यताकै सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक भएको जनाएको छ।
भूकम्पका कारण राजधानी तथा तटीय राज्य ला गुएरामा धेरै भवन ध्वस्त भएका छन् र उद्धारकार्य जारी छ। उपकरण र जनशक्तिको अभावका कारण खोज तथा उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन्।
फ्रान्स, स्पेन, अमेरिका लगायतका देशहरूले उद्धार टोली र मानवीय सहायता पठाउने घोषणा गरेका छन्। क्षतिको अवस्था हेर्दा मृतक सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
Facebook Comments Box


